प्रहरीको आरोप: धर्मगुरु श्रीनिवाशाचार्यले हिन्दुराज्यको माहोल बनाउन आफैँलाई गोली हान्न लगाए !
वीराटनगर । हिन्दु धर्मगुरु श्रीनिवासाचार्यमाथि गोली प्रहार भएको एक महिनापछि प्रहरी अनुसन्धानकाे क्रममा गुरू अाफैँले गाेली हान्न लगाएकाे रहस्य खुलेकाे छ । प्रहरीका अनुसार उक्त घटना उनकै योजनामा बनाइएको थियाे ।
देशमा हिन्दु धर्म कायम गर्ने वातावारण बनाउन भन्दै श्रीनिवासाचार्य आफैँले आफूलाई गोली प्रहार गर्न योजना बनाएको तथ्य प्रहरी अनुसन्धानपछि अाएकाे छ ।
उनकै योजनामा गोली हान्ने र पेस्तो उपलब्ध गराउने दुई युवालाई पनि प्रहरीले पक्राउ गरेपछि यस्ताे रहस्य खुलेकाे हाे । प्रहरीले दुर्इ युवालार्इ पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा सोमबार सार्वजनिक गरेको छ ।
२०७४ चैत २५ गते राति मोरङको बिराटनगरमा भएको गोली प्रहारको घटना अनुसन्धानका क्रममा प्रहरीले श्रीनिवासाचार्यलाई काठमाडौँको विमानस्थल आसपासको क्षेत्रबाट पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका–१४ स्थित जतुवामा रहेको श्री रामजानकी मन्दिर परिसरमा लाग्ने श्रीमदभागवत सप्ताह पुराणका लागि मूख्य बाचकका रुपमा आएका २४ वर्षीय श्रीनिवासाचार्यमाथि गत चैत २५ गते बिहानको राति १ बजेर ४५ मिनेटमा गोली प्रहार भएपछि काठमाडाैं लगायत देशभर हिन्दु धर्मावलम्बीहरूले प्रदर्शन गरेका थिए ।
हिन्दुगुरू श्रीनिवाशाचार्य रहस्य गाेली