मुख्य समाचार प्रदेश १

आचार्य श्रीनिवासलाई १० दिन अनुसन्धानका लागि थुनामा राखिने

आचार्य श्रीनिवासलाई १० दिन अनुसन्धानका लागि थुनामा राखिने

काठमाडाैं । हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयले १० दिनको म्याद दिएको छ ।

 

आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गर्न म्याद लिएको हो । मोरङका प्रमुख एवम् एसपी अरुण बीसीले आचार्यलाई हात हतियार तथा खरखजाना मुद्दामा अनुसन्धान सुरु गरिएको बताए ।


जिल्ला प्रशासन कार्यालयले हेर्ने सो मुद्दामा आरोप प्रमाणित भएमा १ वर्ष कैद १ लाख रुपैयाँ जरिवाना या दुबै सजाय हुने कानुनी व्यवस्था रहेको छ । धर्म गुरु आचार्यलाई सोमबार काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी विराटनगर ल्याइएको थियो । 

 

आचार्यलाई गाेली हानेकामाधव चौधरी र लक्ष्मीराज अधिकारीलाई भने ज्यान मार्ने उद्योग मुद्दामा चलाइएको छ । चौधरी आचार्यका अंगरक्षक हुन् र उनले नै गोली हानेका थिए भने अधिकारीले हतियार व्यवस्थापन गरेका थिए ।

 

हिन्दु राज्यको माग गर्दै गरेको आन्दोलन सफल नभएपछि आचार्यले धार्मिक हिंसा भड्काउन र हिन्दूवादीहरुलाई आन्दोलनका लागि उक्साउन आफूलाई गोली हान्ने योजना बनाएका थिए ।

 

आचार्यको योजनाअनुसार आफूले गोली हानेको बयान चौधरीले दिएका छन् । गत चैत २५ गते विराटनगरको जतुवामा बिहान २ बजेतिर शौच गर्न निस्किएका बेला उनीमाथि गोली प्रहार भएको थियो ।

आचार्य श्रीनिवास

विशेष