मुख्य समाचार

ओलीको एउटै ट्वीटले प्रचण्डलाई झसंग बनायो, वार्ता नै प्रभावित हुनसक्ने

ओलीको एउटै ट्वीटले प्रचण्डलाई झसंग बनायो, वार्ता नै प्रभावित हुनसक्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलेपुष्पकमल दाहाल प्रचण्डलाई ‘छेडखानी’ गर्दै सोमबार गरेको एक ट्वीटरले वाम एकताको वार्तामा असर पार्ने देखिएको छ ।

 

प्रचण्डलाई लक्षित गर्दै ओलीले आफ्नो ट्वीटरमा ‘सत्ता फेरबदलमा बानी परेकाहरु विकास र समृद्धिको पक्षमा नरहेको’आशयको वाक्य प्रयोग गरेका थिए ।

 

प्रचण्डले सोही ट्वीटर आफूप्रति लक्षित भएको चाल पाएर मंगलबार हुने भनिएको वार्तामा उक्त विषय उठाउने बताएका छन् । प्रचण्डले माओवादी केन्द्रको तर्फबाट बनेका सांसदहरुसँग यस्तो बताए ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण नजिकिँदै गर्दा एमाले–माओवादी एकताको लागि प्रयास मत्थर हुँदैगएको छ । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले अचानक ट्वीटरमा प्रचण्डलाई लक्षित गर्दै कटाक्ष गरेपछि प्रचण्ड रुष्ट देखिएका हुन् ।

 

ओलीले आफ्नो ट्वीटरमा यस्तो लेखेका थिएः हामी विकास र समृद्धिको एजेण्डामा हिंडिरहेका छौं।आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ।लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ।किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।

 

ओलीको उक्त अभिव्यक्ति सरासर प्रचण्डप्रति नै लक्षित छ । एक साताअघिसम्म एकता प्राविधिक कुराले मात्रै रोकिएको र अब छिट्टै सम्भव हुने भनिए पनि ओलीले अचानक यस्तो टिप्पणी गरेपछि एकता प्रक्रियामा तरंग ल्याएको छ ।

 

प्रचण्ड केपी अाेली एकता वार्ता

विशेष