समाज

बोक्सीको आरोपमा कुटिएकी राधा चौधरीलाई बेलायतबाट जयन्ती राईको ५० हजार सहयोग

बोक्सीको आरोपमा कुटिएकी राधा चौधरीलाई बेलायतबाट जयन्ती राईको ५० हजार सहयोग

काठमाडाैं । २०७४ साल फागुन २४ गते बोक्सीकाे अाराेपमा निर्घात कुटिएकी कैलाली घोडाघोडी नगरपालिका–५ की राधा चौधरीलाई बेलायत बस्दैअाएका नेपालीले ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

 

खोटाङ बाक्सिला ८ स्थायी ङर भएकी जयन्ती राईले राधाको अध्ययन खर्चका लागि भन्दै ५० हजार रुपैयाँ पठाएकाे बताएकी छन्र । मंगलबार कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, जिल्ला प्रहरी प्रमुख विनोद घिमिरे र पत्रकार दीपक उपाध्यायले संयुक्त रुपमा चौधरीलाई जयन्तीले पठाएकाे रकम हस्तान्तरण गरेका हुन् ।

 

गत फागु्न २४ गते देउकलियाकै भोलेबाबा भनिएका रामबहादुर चौधरी र पार्वती भिनएकी किस्मती चौधरी लगायतले बोक्सीको आरोप लगाएर राधामाथि निर्घात कुटपिट गरेका थिए । रामबहादुर सहितका अभियुक्तहरु अहिले थुनामा छन् ।

 

 

कुटपिट राधा चाैधरी बाेक्सी अाराेप अार्थिक सहयाेग

विशेष