देश प्रदेश २

नरेन्द्र माेदीसँग सप्तरीका काेशी पीडितले राहत र मुअाब्जा माग्ने

नरेन्द्र माेदीसँग सप्तरीका काेशी पीडितले राहत र मुअाब्जा माग्ने

काठमाडाैं । यही २८ गते शुक्रबार नेपाल भ्रमणमा अाउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसँग जनकपुरमा पुगेपछि सप्तरीका कोशी पीडितका लागि राहत मागिने भएको छ ।

 

जिल्ला समन्वय समिति सप्तरीले मंगलबार पत्रकार सम्मेलन गरी प्रदेश सरकारमार्फत् भारतीय प्रधानमन्त्री मोदीसँग कोशी पीडितलाई समय सापेक्ष राहत र मुआब्जा माग गरिने बताएकाे हाे । कोशी व्यारेज निर्माण हुँदा जग्गा अधिग्रहण गरिए पनि हालसम्म राहत र मुआब्जा नदिइएको भन्दै पीडितले पटक पटक आन्दोलन गर्दै आएका छन् ।

 

यसबाहेक भारतकको निर्मली न्यौर जेपी लोहिया गेटसम्म रेल्वे रोड निर्माण गरिदिन, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा ठूला ठूला उद्योग स्थापना र व्यवस्थापन, जेपी लोहिया गजेन्द्रनारायण प्राविधिक विश्व विद्यालय निर्माणका लागि पहल गरिदिन पनि आग्रह गरिने पनि बताइएकाे छ ।

 

हुलाकी मार्ग निर्माण, कोशी व्यारेज पुनःनिर्माण र मर्मत सम्भारकाे लागि आग्रह गरिने पनि जिल्ला समन्वय समितिले जनाएकाे छ ।

 

नरेन्द्र माेदी जनकपुर नेपाल भ्रमण काेशी पीडित सीमा

विशेष