मुख्य समाचार

साेलुखुम्बुमा हेलीकप्टर दुर्घटना

साेलुखुम्बुमा हेलीकप्टर दुर्घटना

काठमाडौँ । बुधबार बिहान सोलुखुम्बुमा श्रीएयरको हेलीकप्टर दुर्घटना भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकामा पर्ने स्याङबोचे विमानस्थलमा अवतरणकाे क्रममा श्री एयरको नाइन एन ए एच टी कल साइन भएकाे हेलीकोप्टर दुर्घटना भएकाे हाे ।

 

बुधबार विहान सोलुखुम्बुकै फाप्लु विमानस्थलबाट कार्गो लिएर स्याङबोचे गएको हेलीकप्टर अवतरणकाे क्रमममा ठाेक्किएकाे हाे । कार्गो सामान बोकेर गएको उक्त हेलीकप्टरकाे अगाडिको पांग्रा भाँच्चिएको छ । मानवीय क्षाति भने नभएकाे बताइएकाे छ ।

 

हेलिकोप्टर दुर्घटना साेलुखुम्बु

विशेष