मुख्य समाचार

रामेछाप उमाकुण्ड–५ का वडाध्यक्ष मृत भेटिए

रामेछाप उमाकुण्ड–५ का वडाध्यक्ष मृत भेटिए

रामेछाप । रामेछापमा एक वडाअध्यक्ष मृत अवश्थामा फेला परेका छन् । उमाकुण्ड गाउँपालिका–५ को वडाअध्यक्ष कुवीर खत्री बुधबार बिहान वडा नम्बर ५ प्रितीकै बसेरी चिलाउने भन्ने ठाउँमा मृत भेटिएका हुन् ।

 

खत्री मंगलबार विहान साढे ८ बजेदेखि सम्पर्क्विहीन थिए । खत्रीको मोटरसाइकल, कोट, जुत्ता र डायरी मंगलबारै फेला परेको थियो । ती सामान भेटिएकोभन्दा करिब पाँच सय मिटर तल शव भेटिएको उमाकुण्ड गाउँपालिकाका प्रवक्ता रुद्रमणि नेवारले जानकारी दिए ।

 

खत्री गाउँपालिका सदस्यलाई समेत बैठकमा जानुपर्छ भनी खबर गरी घरबाट हिँडेका थिए । मंगलबारको गाउँकार्यपालिकाको बैठकमा अबेरसम्म नआएपछि वडाध्यक्ष खत्रीलाई सम्पर्क गर्दा फोन नउठेको र घरपरिवारमा फोन गर्दा बिहानै हिँडेको जानकारी आएपछि उनको खोजी सुरु गरिएको थियो । खत्री नेकपा एमालेबाट वडाध्यक्षमा निर्वा्चित भएका थिए ।

 

रामेछाप वडाध्यक्ष कुवीर खत्री

विशेष