मुख्य समाचार

माअाेवादी प्रवक्ता भुसालले भनिन्, माेदीकाे भ्रमणले गर्दा एकता ढिलाे भयाे

माअाेवादी प्रवक्ता भुसालले भनिन्, माेदीकाे भ्रमणले गर्दा एकता ढिलाे भयाे

काठमाडाैं । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआवादी पार्टी एकीकरण प्रक्रिया ढिलाे भएकाे बताएकी छन्।

 

भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तताका कारण दुई पार्टीको एकीकरण प्रक्रियामा ढिलाइ भएको भुसालकाे भनाइ छ ।

 

रफत सञ्चार क्लबमा बुधबार आयोजित कार्यक्रममा बोल्दै भुषालले पार्टी एकिकरणका विषयमा आपसी गृहकार्य भइरहेको जिकिर गरिन् ।

 

तर भनिए जस्ताे एमालेमा माओवादी र माओवादीमा एमाले विलय नभई सम्मानजनक ढङ्गले दुई पार्टी एकिकरण हुने उनकाे धारणा छ । साथै पार्टी एकिकरणका विषयमा केही सञ्चार माध्यममा अध्यक्ष दाहालले भागबण्डाका बारे आएका समाचारहरू निराधार भएको उनले बताइन् ।

 

पम्फा भुसाल वाम एकता माेदी भ्रमण

विशेष