देश

खड्काको मुद्दा तामेलीमा राख्न अख्तियारको चलखेल

खड्काको मुद्दा तामेलीमा राख्न अख्तियारको चलखेल

काठमाडौं  । एक अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको नेपाल आयल निगम जग्गा खरिदमा संलग्न आरोपितलाई मुद्दा नचलाई उन्मुक्ति दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र चलखेल सुरु भएको  छ ।

 

समाचारमा लेखिएको छ, अख्तियारकै विस्तृत अनुसन्धानमा एक अर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गर्ने प्रतिवेदन तयार भइसकेको अवस्थामा अभियोगपत्र सच्चाएर मुद्दालाई तामेली मा राख्ने प्रयास सुरु गरिएको हो । 

 

यसैसाता राजीनामा दिएका निगमका कार्यकारी निर्देशक गोपाल खड्कालगायतलाई मुद्दा नचलाउने गरी फाइल तयार गर्न अख्तियार नेतृत्वले अनुसन्धान टोलीलाई निर्देशन दिएको छ । याे समाचार आजको नागरिक दैनिकले छापेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग गोपाल खड्का मुद्दा तामेली

विशेष