अपराध सुरक्षा मुख्य समाचार

इपीएस परीक्षामा २ सय ७० जना नक्कली परीक्षार्थी पक्राउ

इपीएस परीक्षामा २ सय ७० जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । नवौं कोरियन भाषा परीक्षामा काठमाडौं र ललितपुरका विभिन्न परीक्षा केन्द्रबाट २ सय ७० जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

 

शनिबार ५८ जना र आइतबार २ सय १२ जना पक्राउ परेको इपिएस शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए ।

 

दुर्इ दिन सञ्चालन भएको परीक्षामा ७ हजार ३ सय ९८ जना सहभागी भएनन् । परीक्षा दिएका मध्ये ७ हजार १ सय जना पास उतिर्ण हुनेछन् । 

 

मेनुमा ४ हजार ७ सय र कृषिमा २ हजार ३ सय उतिर्ण हुने शाखाले जनाएको छ । भाषा परीक्षाको नतिजा आगामी असार १६ गते आउँने छ ।

 

गत वर्ष भन्दा यस वर्ष कम परीक्षार्थी उतिर्ण हुने छन् । गत वर्ष १० हजार २ सय को कोटा आएकोमा १२ हजार १ सय ८ जना उतिर्ण भएका थिए ।

कोरियन भाषा परीक्षा पक्राउ नक्कली परीक्षार्थी

विशेष