व्यापार अर्थ मुख्य समाचार समाज

दुग्ध उद्योगमा छापा, पाउडर गोदाममा शिल 

दुग्ध उद्योगमा छापा, पाउडर गोदाममा शिल 

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले आधुनिक डेरी प्रोडक्टको उत्पादन केन्द्रमा छापा मारेका छन् । दूध उत्पादन कम्पनीका  उत्पादनहरु गुणस्तरहीन रहेको खबर प्रकाशमा आइरहेका बेला मन्त्री खनालले सोमबार  बालाजु औद्योगिक क्षेत्रमा रहेको आधुनिक डेरी प्रोडक्टको उत्पादन केन्द्रमा अनुगमन गरेका हुन् ।

 

मन्त्रालयका अधिकारी, सञ्चारकर्मीको टोलीसहित सोमबार बिहान पुगेका मन्त्री खनालले अनुगमनपछि आधुनिक डेरी प्रोडक्टले सरसफाइमा ध्यान नदिएको, दूध बनाउन मिति उल्लेख नभएको पाउडर प्रयोग गरेको भेटिएको बताए । त्यसैगरी दग्ध पदार्थको उत्पादनमा असल उत्पादन प्रणाली प्रयोग गर्नुपर्ने  भए पनि आधुनिक डेरी प्रोडक्टले  त्यसो नगरेको पाइएको छ ।

 

दूध बनाउन प्रयोग हुने पाउडरमा स्पष्ट रुपमा मिति उल्लेख नभएको भेटिएपछि अनुगमन टोलीले पाउडर गोदाममा शिल गरिदिएको छ । टोलीले अहिले औद्योगिक क्षेत्रभित्रका अन्य उद्योगहरुमा अनुगमन गरिरहेको छ । मन्त्री खनालले पछिल्लो समय मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने तरकारी बजार, दुग्ध उत्पादन कम्पनीहरुको अनुगमनमा सक्रियता देखाएका छन् ।

दुग्ध उद्योगमा शिल 

विशेष