विश्वकप रोचक: विश्वकप फाइनलमा एकमात्रै ह्याट्रिक गर्ने यी खेलाडी थिए
८ औं विश्वकप (१९६६) को फाइनलमा प्रतिस्पर्धा गर्दै पश्चिम जर्मनी र इङ्ल्याण्डका खेलाडी तस्बिरः footyfair.com/
काठमाडाैं । विश्वकप फुटबलको इतिहासमा हालसम्म एकजना खेलाडीले मात्र फाइनल खेलमा ह्याट्रिक गरेका छन्। सन् १९६६ को विश्वकपको फाइनलमा इङ्ल्यान्डका खेलाडी जेफरी हस्र्टले ह्याट्रिक गरेका थिए। उक्त विश्वकपको फाइनलमा इङ्ल्यान्डले अतिरिक्त समयमा तत्कालीन पश्चिम जर्मनीलाई ४-२ गोलले हराउँदै पहिलो पटक उपाधि चुमेको थियो।
उक्त विश्वकपको फाइनल निकै रोमाञ्चक थियो। निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि हारजितको निर्णयका लागि अतिरिक्त समय थप गरिएको थियो। त्यसपछि जेफरीले १०१ र १२० मिनेटमा लगातार दुई गोल गर्दै इङ्ल्यान्डलाई विजयी बनाएका थिए। त्यसअघि उनले निर्धारित समयको १८औं मिनेटमा टोलीका लागि पहिलो गोल गरेका थिए।
उक्त विश्वकपमा जेफरीले कुल चार गोल गरेका थिए। अर्को एक गोल भने उनले क्वार्टरफाइनल खेलमा गरेका थिए। उनले क्वार्टरफाइनल खेलको ७८औं मिनेटमा गोल गरेपछि इङ्ल्यान्ड बलियो प्रतिद्वन्द्वी अर्जेन्टिनालाई १-० ले हराउँदै सेमिफाइनलमा पुगेको थियो। सन् १९६६ देखि सन् १९७२ को बीचमा इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट ४९ खेल खेल्दै २४ गोल गरेका जेफरी हाल ७६ वर्षका भए।
विश्वकप फुटबल ह्याट्रिक खेलाडी