स्वास्थ्य

५२ वडा स्वास्थ्यचौकीविहीन

५२ वडा स्वास्थ्यचौकीविहीन

कालिकोट  ।  जिल्लाका ९ वटा स्थानीय तहका ५२ वडा स्वास्थ्यचौकीविहीन रहेको पाइएको छ। जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको तथ्यांकअनुसार जिल्लामा रहेका ९ वटा स्थानीय तहका कुल ८२ वटा वडामध्ये ५२ वडा स्वास्थ्यचौकीविहीन रहेको पाइएको हो।

 

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.विवश पराजुलीले जिल्लामा एउटा जिल्ला अस्पताल र एक प्राथमिक स्वास्थ्य केन्द्रसहित ३० वटा मात्र स्वास्थ्य संस्था रहेको जानकारी दिए।

 

उनका अनुसार जिल्लाको खाँडाचक्र नगरपालिकामा ११ वडामध्ये वडा नं. १ मा एक जिल्ला अस्पताल र २ वटा वडामा स्वास्थ्यचौकी, रास्कोट नगरपालिकामा ९ वटा वडामध्ये ३ वटा वडामा स्वास्थ्यचौकी, तिलागुफा नगरपालिकामा ११ वडामध्ये ५ वटा वडामा स्वास्थ्यचौकी, पलाता गाउँपालिकामा ९ वटा वडामध्ये ३ वटा वडामा स्वास्थ्यचौकी, पचालझरना गाउँपालिकामा ९ वटा वडामध्ये ३ वटा वडामा मात्र स्वास्थ्यचौकी, शान्तित्रिवेणी गाउँपालिकामा ९ वटा वडामध्ये ३ वडा वडामा मात्र स्वास्थ्यचौकी, नरहरिनाथ गाउँपालिकामा ९ वटा वडामध्ये ५ वटा वडामा मात्र स्वास्थ्य चौकी, शुभकालिका गाउँपालिकामा ८ वटा वडामध्ये ३ वडा वडामा स्वास्थ्य चौकी र महाँवै गाउँपालिकामा ७ वटा वडामध्ये २ वटा वडामा मात्र स्वास्थ्यचौकी छ।

 

सरकारले हरेक स्थानीय तहमा १५ शड्ढयाको अस्पताल बनाउने भनिरहँदा कालिकोटका अधिकांश वडामा स्वास्थ्यचौकीसमेत नहुँदा नागरिकले आधारभूत स्वाथ्य सेवासमेत पाउन सकिरहेका छैनन्। जिल्लाको रास्कोट नगरपालिका प्रमुख काशीप्रसाद बरालले नगरका ९ वटै वडामा स्वास्थ्यचौकी नहुँदा स्थानीय नागरिक घण्टौं हिँडेर अर्को वडामा उपचार गर्न जानुपर्ने बाध्यता रहेको बताए।

 

उनले भने, ‘कहिलेकाहीँ सिजनअनुसार महामारी आएपछि सबै वडामा स्वास्थ्यकर्मी परिचालन गर्न पनि समस्या छ। उनले भने, ‘हामीले सरकारको नीतिअनुसार हरेक स्थानीय तहमा १५ शड्ढयाको अस्पताल स्थापना गर्ने प्रक्रियामा छौं।’ तर, अस्पताल बने पनि हरेक वडामा अनिवार्य रूपमा स्वास्थ्यचौकी आवश्यक रहेको उनले बताए।

कालिकोट स्वास्थ्यचौकी

विशेष