अर्थ मुख्य समाचार प्रदेश ३

दूधमा सोडा मिसाउनु अपराध : चिकित्सक  

दूधमा सोडा मिसाउनु अपराध : चिकित्सक  

काठमाडौं । उपत्यकामा  सञ्चालित अधिकांश डेरी उद्योगमा सोडा मिसाएर दूध बिक्री गर्ने गरेको पाइएको छ ।  यस्तो दूधको उपभोगले आम उपत्यकाबासीको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको चिकित्सक रविन खड्का बताउँछन् । उनका अनुसार सोडा मिसाइएको दूधको प्रयोगले मुटुको धड्कन र रक्तचापमा असर पर्ने गर्छ । 

 

दूधमा सोडियमको मात्रा पहिला नै हुने भएपनि दूध डेरीले सोडा मिसाउँदा सोडियमको मात्रा बढ्न गई मानव स्वास्थ्यमा असर पर्ने चिकित्सक खड्काको भनाइ छ । यस्ता दूध उपभोग गर्नाले मुटुको चालमा गडबडी हुने, रक्तचाप बढ्ने, रिँगटा लाग्ने समस्या हुने उनले जानकारी दिए ।  यसरी दूधमा सोडा मिसाउनु गलत हो उनले भने ‘ सोडा मिसाइएको दूधले पाचन प्रणालीमा समेत नकरात्मक असर पार्छ ।’ 

 

व्यापारको निहुँमा दूधमा सोडा मिसाउनु अपराध हुने अर्का चिकित्सक प्रकाश थापा बताउँछन् । खाद्यान्नमा मिसावट गर्ने उद्योगमा सरकारले अनुगमन गर्ने गरेपनि गैरकानुनी रुपमा मिसावट गर्ने उद्योगीलाई कारवाही गर्न सरकार नै उदासीन देखिएको उनको भनाइ छ । 

 

कृषि मन्त्रालयले राजधानीका २५ डेरी उद्योगका ४२ वटा ब्रान्डका दूधका प्याकेट संकलन गरेकोमा ४० वटा प्याकेटमा मानव स्वास्थ्यलाई हानी पु¥र्याउने गरी अत्यधिक मात्रामा ‘न्यूट्रलाइजर’ सोडा हालिएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए । 

 

खाद्य ऐन अन्तर्गत दूधमा अन्य वस्तुको मिश्रण गर्ने उद्योगीलाई ५ देखि १० हजार जरिवार र ६ महिनादेखि १ वर्षसम्म कैद हुने व्यवस्था रहेको छ । दूधमा अखाद्य वस्तु मिसाइएको गुनासो बढेपछि कृषिमन्त्री चक्रपाणि खनाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्ण लगायतका टोलीले बालाजु औद्योगिक क्षेत्रमा सञ्चालित डेरी उद्योगमा  छापा हानेका थिए ।  अनुगमन टोलीले राजधानीका विभिन्न डेरी उद्योगमा शिलबन्दी समेत गरेको छ । 

अपराध दूधमा मिसाउनु

विशेष