अर्थ कर्पोरेट देश

मेलम्ची ठेकेदारको म्याद सात महिना थपियो, मागेअनुसार क्षतिपूर्ति पनि

मेलम्ची ठेकेदारको म्याद सात महिना थपियो, मागेअनुसार क्षतिपूर्ति पनि

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले ठेक्का सम्झौताअनुसार तोकिएको समयमा काम सम्पन्न नगर्ने कम्पनी र ठेकेदारलाई कारबाही गर्न देशभरबाट विवरण संकलन गरिरहेको वेला मेलम्ची खानेपानी आयोजनाका ठेकेदारको म्याद भने थप गरिएको छ। 

आयोजनाले ठेकेदारको म्याद थप्ने मात्र होइन उसको दाबीअनुसार क्षतिपूर्ति पनि दिने तयारी गरेको छ। 


भूकम्प, नाकाबन्दीलगायत विविध कारणले समयमै काम गर्न नपाउँदा आफूलाई घाटा भएको भन्दै ठेकेदार कम्पनी इटालियन कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सीएमसी) ले आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको थियो।


 सोही दाबीअनुसार आयोजना र ठेकेदारबीचको विवाद टुंग्याउन गठित विवाद निरूपण समिति(डिस्प्युट एड्जुडिकेसन बोर्ड– डीएबी) ले छलफल थालेको थियो। याे समाचार नागरिक दैनिकले छापेको छ ।
 

रामबहादुर थापा गृहमन्त्री ठेकेदार कम्पनी

विशेष