खेल मुख्य समाचार

मेस्सीकै भरमा हो त अर्जेन्टिना ?

मेस्सीकै भरमा हो त अर्जेन्टिना ?

अर्जेन्टिना राष्ट्रिय फुटबल टिम सेलेक्सीयोन डे फुटबल डे आर्हेन्टीना अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा अर्जेन्टिनाको प्रतिनिधित्व गर्ने गर्छ। अर्जेन्टिनाले सन् १९७८ र ८६ मा विश्वकप फुटबलको उपाधी चुमेको छ। त्यस्तै सन् १९३०,९० अनि २०१४ मा उपबिजेता बनेको थियो।

 

दक्षिण अमेरीकाबाट विश्वकपमा फुटबलमा प्रतिनिधित्व गर्ने मा ब्राजिल पछि दोस्रो स्थानमा छ। विश्व फुटबलमा सबैभन्दा बढी समर्थक भएका देशहरूको सूचिमा ब्राजिलपछि आउने नाम अर्जेन्टिना नै हो।

 

अर्जेन्टिनाले डिएगो म्याराडोना, ग्राभिएल बाटिस्ठुटा, लिओनल मेसी, स्टेफानो जस्ता बिश्व फुटबलको इतिहासमा नाम लेखाउने स्टारहरुलाइ जन्माएको छ।

 

अर्जेन्टिना पछिल्ला तीन ठूला प्रतियोगितामा लगातार फाइनल पुग्दा मेस्सीकै भूमिका महत्वपूर्ण थियो । २०१६ को कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा चिली विरुद्ध मेस्सीले टाइब्रेकरको पहिलो प्रहार नै ‘मिस’ गरे ।

 

अन्ततः अर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय उपाधि जित्ने मेस्सीको सपना अधुरै बन्यो । घर भित्रै र बाहिरबाट पनि राष्ट्रिय टिमका लागि केही गर्न नसकेको आरोप खेपिरहेका मेस्सीका लागि त्यो हार सहन नसक्ने बन्यो ।

 

उनले अप्रत्यासित रुपमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरे । सन्यास घोषणा गर्दैगर्दा उनले भनेका थिए ‘मेरो भागमा अर्जेन्टिनाका लागि उपाधि जित्न लेखेको रहेनछ ।’

 

तर अर्जेन्टिना विश्वकप छनौटका लागि प्रतिस्पर्धामा थियो र समस्यामा पनि । मेस्सीले सन्यास फिर्ता लिए र मैदान फर्किए । विश्वकपमा छनौट हुन अर्जेन्टिनाले अन्तिम खेलमा इक्वेडरलाई हराउनै पर्ने थियो ।

 

खेल सुरु भएको एक मिनेट पनि बित्न नपाउँदा खेलमा पछि परेको अर्जेन्टिनाका लागि मेसीले ह्याट्रिक गरे । अर्जेन्टिनी समर्थकमा खुशीको बहार आयो । मेसीले सन्यास फिर्ता नलिएको भए अर्जेन्टिना विश्वकपमा छानिन्थ्यो ? पक्कै पनि गाह्रो हुने थियो ।


सर्वाधिक चर्चाका मेस्सी को हुन ?

मेस्सी अर्जे्न्टिनाको फुटबल खेलाडी हुन् । उनी हाल लिग टिम बार्सिलोना र अर्जेन्टिनाको लागि खेल्छन् । उनको पुरा नाम लियोनेल आन्द्रेस मेस्सी हो । मेस्सीको जन्म १९८७ जुन २४ रोसारियोमा भएको थियो ।

 

अर्जे्न्टिनामा जर्ज मेस्सी एक कारखाना मजदुर र सीलिया उर्फ कुक्कीटिनी (एक अंशकालिक क्लीनर) दम्पतिको घरमा उनको जन्म भएको थियो । मेस्सी आफ्नो पुस्ताको सर्वश्रेष्ठ फुटबल खेलाडीहरू मध्येको एक हो । यतिबेला आम फुटबल प्रमीहरुको रोजाई परेका छन् मेस्सी । मेस्सीले बेलोन डी’ ओर र फिफा सर्वश्रेष्ठ वर्षको खेलाडीको उपाधि २१ वर्षको उमेरमा नै प्राप्त गर्न सफल भएका थिए ।

 

मेस्सीलाई फुटबलको बादशाह भनेर प्रसिद्ध कमाएका म्याराडोना संग तुलना गर्न थालियो । मेस्सीले आफ्नो खेल जीवनमा ५०० गोलको कोसे ढुङ्गा पनि पूरा गरि सकेका छन । सवार्धिक फिफा वर्षको उपाधि जित्न सफल मेस्सीले आफ्नो ५०० गोल सन् २०१६ अप्रिल १७ ला लिग मा भ्यालेन्सिया विरूद्ध १ गोल गर्दै पूरा गरका हुन् ।

 

तर उक्त ऐतिहासिक खेलमा भने उनको क्लब २, १ गोल अन्तर ले पराजित हुन पुग्यो । साथै उनले सन् २००५ मे मा अल्बासेटे विरूद्ध पहिलो सिनियर गोल गरेका थिए । उनले ५०० गोल मध्ये ५० गोल राष्ट्रका लागि भने ४५० गोल क्लब बार्सिलोनाका लागि गरेका थिए । उनको ५०० गोल मध्ये ४०६ अथवा ७०५ गोल देब्रे खुट्टाले गरेका थिए ।

 

उनको खेल्ने शैली र क्षमताको कारणले गर्दा उनलाई तुलना गरीएको थियो । मेस्सीले सानो वा कम उमेरमानै फुटबल खेल्न शुरू गरे र चाँडैनै बार्सिलोनाले उनको क्षमता पहिचान गरेका थिए । रोसारियोमा अवस्थित न्युवेल्स ओल्ड ब्वाइज युवा टिम छोडेर आफ्नो परिवारसित सन् २००० मा उनी युरोप आए ।

 

सन् २००४।०५ को सिजनमा पहिलो पटक मैदानमा ओर्लेर मेस्सीले सबैभन्दा कम उमेरमा लिग खेल खेल्ने फुटबल खेलाडीको ला लिग रेकर्ड तोड्न सफल भए साथै सबैभन्दा कम उमेरमा लिग गोल स्कोर गर्ने खेलाडी बन्न सफल भए ।

 

उनको प्रथम आगमनसंगैँ उनले बार्सीलोनालाई ला लिग जिताउन सफल भएका थिए । मेस्सीले चाडैँ नै युईएफए यूरोपियन च्याम्पियनशीप जिताएर प्रमुख सम्मान प्राप्त गरे । एल क्लासिकोमा एक ह्याट्रिक र २६ लिग म्याचहरूमा १४ गोल गर्दै, उनले नियमित रूपले खेल जित्ने पहिलो समुहमा ठाँउ बनाउन सफल भए ।

 

सन् २००८,०९ को सिजन उनको सबैभन्दा सफल सिजन थियो, जसमा मेस्सी ३८ गोल गर्दै लगातार तेस्रो विजय अभियानको अभिन्न अङ्ग बनेका थिए । २००५ फिफा विश्व युवा च्याम्पियनसिपमा अन्तिम खेलमा २ गोल सहित जम्मा ६ गोल गरी शीर्ष स्कोर गरी सफल खेलाडि बन्न सफल भए ।

 

त्यसपछि, मेस्सी अर्जेन्टिनाको अन्तर्रा्ष्ट्रिय टिमको एक सदस्यको रूपमा स्थापित हुन सफल भए । सन् २००६ मा, उनी अर्जे्न्टिनाबाट फिफा विश्वकपमा खेल्ने सबैभन्दा कम उमेरको खेलाडी बने र अर्को वर्ष उनले कोपा अमेरिका प्रतियोगितामा उपविजेताको पदक जित्न सफल बनाए ।

 

सन् २००८ मा, उनले अर्जे्न्टिना ओलम्पिक फुटबल टिमसँग बेइजिङमा भएको ओलम्पिक खेलमा आफ्नो पहिलो अन्तर्रा्ष्ट्रिय सम्मान संगै ओलम्पिक स्वर्ण पदक जित्न सफल भएका थिए । सबैभन्दा धेरै कमाउने खेलाडिको सूचीमा बार्सिलोनाका तथा अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले २०१८ मा आफनो प्रतिद्धन्दी क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका छन् ।

अर्जेन्टिना लियोनेल आन्द्रेस मेस्सी

विशेष