होटलमा डेढ अर्बको विदेशी लगानी गर्न प्रस्ताव
काठमाडौं । एकै महिनामा ३ वटा ठूला होटलका लागि वैदेशिक लगानी भित्र्याउने आएका छन् । जेठ महिनामा मात्रै झण्डै डेढ अर्ब बराबरको वैदेशिक लगानी भित्र्याउने गरी ३ ठूला होटलले प्रस्ताव गरेका हुन् ।
उद्योग विभागको वैदेशिक लगानी महाशाखाका प्रमुख खगेन्द्र बस्नेतकाअनुसार काभ्रेको पनौतीमा ५० करोड खर्चेर होटल स्थापनाका लागि भारतीय लगानीको प्रस्ताव आएको छ । त्यसैगरी काठमाडौंमा पनि ५० करोड लगानी गर्ने गरी अर्को होटलका लागि वैदेशिक लगानी भित्रिन लागेको छ ।
धादिङमा त्रिशुलीमा हुने र्याफ्टिङलाई आधार बनाउने गरी अर्को पनि एक भारतीय समूहले पनि होटलका लागि लगानी भित्र्याउँदैछ । यसले पपनि ३५ करोडभन्दा बढीको लगानी प्रस्ताव गरेको बस्नेतले जानकारी दिए ।‘अब होटलमा चाहाने वैदेशिक लागानीकर्ताको लहर देखिन थालेको छ । भूकम्प र नाकाबन्दीअघि पनि यस्तै अवस्था थियो,’ बस्नतेले भने,’पर्यटनमा वैदेशिक लगानीका हिसावले अबका वर्षहरु उत्साहजनक हुने देखेको छौं ।’
उनले राजनीतिक स्थिरतासँगै नीतिगत रुपमा भएका परिवर्तनले पनि विदेशी लगानी भित्रिने क्रममा तीव्रता आएको बताए । सरकारले पनि पर्यटन क्षेत्रलाई विशेष महत्व दिएकाले होटलमा वैदेशिक लगानी बढ्दै गएको ठम्याइ विभागको छ ।
होटलमा विदेशी लगानी