खेल मुख्य समाचार

विश्वकप २०१८: के इतिहासले रुसमा कसले जित्छ भन्न सक्छ?

विश्वकप २०१८: के इतिहासले रुसमा कसले जित्छ भन्न सक्छ?

रुसमा आयोजित विश्वकप २०१८ मा बत्तीस राष्ट्र सहभागी हुँदैछन्। तिनमध्ये एउटा टोली विजेता हुनेछ।

तर तपाईँ केका आधारमा विजेताको पूर्वानुमान गर्नुहुन्छ?

 

सहभागी टोलीहरू

विगतका प्रतियोगितामा देखिएको प्रवृत्ति र तथ्याङ्कको विश्लेषण गरेर बीबीसी स्पोर्टले ३१ वटा टोलीलाई हटाएर विश्वविजेताको उपाधि कसको पोल्टामा जाला भनेर निष्कर्ष निकालेको छ।

 

यहाँ सन् २०१८ विश्वकप जित्नेले गर्नुपर्ने कुरा र उसमा हुनुपर्ने गुणहरूको चर्चा गरिएको छ।


वरियतामा पर्नु

सन् १९९८ मा विश्वकप ३२ टोलीमा विस्तार भएपछि वरियतामा परेकाहरू टोलीहरू नै विजेता बनेका छन्।

 

सन् १९८६ मा डिएगो म्याराडोना र उनको 'ईश्वरीय हात' को सहयोगमा विश्वकप जित्दा आर्जेन्टिना वरियतामा थिएन।

 

आर्जेन्टिना नै वरियतामा नभए पनि विश्वविजेता बन्ने अन्तिम टोली थियो। यसलाई आधारमा मानेर हामीले २४ टोलीलाई हटाएका छौँ र आठ टोलीमा सीमित भएका छौँ।

 

आठ टोली


योजक नहुनु

आयोजक राष्ट्रले स्वत: विश्वकप खेल्न पाउने ४४ वर्षे परम्पराका कारण रुस अहिले प्रतियोगिता सहभागी हुँदैछ। विश्व वरियताको ६६ औँ स्थानमा रहेको रुस आयोजक नभएको भए शीर्ष आठमा पर्नसक्ने थिएन।

 

पहिले कुनै बेलामा जस्तो आयोजक हुँदैमा सफलता सुनिश्चित हुँदैन। सन् १९३० देखि १९७८ सम्मका ११ प्रतियोगितामा पाँच चोटि आयोजक देश विजेता बनेका थिए। त्यसपछि आयोजित नौ प्रतियोगितामध्ये सन् १९९८ मा फ्रान्सले मात्रै गृहमैदानमा विजेता बन्ने अवसर पाएको थियो।

 

संयुक्त राज्य अमेरिका, जापान, दक्षिण कोरिया वा दक्षिण अफ्रिका कसैले पनि विश्वकप जित्लान् भन्ने सोचिएको थिएन। सन् १९९० मा इटली, सन् २००६ मा जर्मनी र चार वर्षअघि ब्राजिलमा विश्वकप खेलिएको थियो। तर आयोजक हुँदैमा उनीहरूलाई लाभ भएन।

आठ टोली


कसिलो खेल

बत्तीसवटा टोलीबीच प्रतिस्पर्धा हुन थालेपछि पाँच विजेताले खेलेका आफ्ना सात खेलमा चारभन्दा बढी गोल खाएका छैनन्।

 

हामीले छानेर बाँकी रहेका सात टोलीमध्ये पोलन्डको रक्षापङ्क्ति सबैभन्दा कमजोर देखिएको छ। छनोट चरणमा उसले प्रतिखेल १.४ गोल खाएको थियो।

 

जर्मनी र पोर्चुगलले चाहिँ औसतमा प्रतिखेल ०.४, बेल्जियम एवम् फ्रान्सले ०.६, ब्राजिलले ०.६१ र आर्जेन्टिनाले ०.८८ गोल खाएका छन्।

आठ टोली


युरोपबाट हुनु

हालसम्म युरोप र दक्षिण अमेरिकी राष्ट्रहरू मात्र विश्वकप विजेता बनेका छन्। केही अघिसम्म युरोपेली टोलीहरूले धेरै माथिसम्म जान सक्दैनथे। तर दक्षिण अफ्रिकामा स्पेनको सफलता र ब्राजिलमा जर्मनीको विजयले परम्परा फेरिएको छ।

 

युरोपेली प्रतियोगिताहरूमा प्राय: आयोजक राष्ट्र नै विजेता बन्ने गर्छन्। युरोपेली राष्ट्र आयोजक रहेका विगतका १० वटा प्रतियोगितामध्ये सन् १९५८ मा स्वीडनमा ब्राजिलले जितेबाहेक अरूमा उपाधि बाहिरिएको छैन।

 

छ टोली


उत्कृष्ट गोलरक्षक

गोलकर्ताले विश्वकप जित्छन् भन्ने तपाईँलाई लाग्नसक्छ। तर सन् १९८२ यता दुईचोटि मात्रै विजेता टोलीका खेलाडीले गोल्डन बुट पाएका छन्। सन् २००२ मा ब्राजिलका रोनाल्डो र सन् २०१० मा अरू टोलीका तीन खेलाडीसँगै स्पेनका दाभिद भिया सर्वाधिक गोलकर्ता थिए।

 

वास्तवमा विश्वकप विजेताको निर्धारण गोलरक्षकद्वारा हुन्छ। विगतका पाँच 'गोल्डन ग्लोभ' पुरस्कारमध्ये चारवटा आफ्नो टोलीलाई विश्वकपको उपाधि दिलाउने उत्कृष्ट गोलरक्षकले पाएका छन्।

 

बाँकी रहेका चार टोलीबाट यसपालि मानुएल नोयर (जर्मनी), युग्यो ल्योरिस (फ्रान्स) र टिबो कोट्वा (बेल्जियम) मध्ये एक जना उत्कृष्ट गोलरक्षक ठहरिन्छन् भनेर सजिलै अनुमान गर्न सकिन्छ। पोर्चुगलका रोई पेत्रिसियो चाहिँ गोल्डन ग्लोभको स्पर्धामा देखिँदैनन्।

चार टोली


अनुभव

सन् १९९८ देखि ३२ टोली सहभागी हुन थालेपछि विश्वकप विजेता टोलीहरूले निरन्तर थप अनुभव सँगाल्दै आएका छन्।

 

त्यतिबेला विजेता फ्रान्सको टोलीमा औसतमा २२.७७ खेल खेलेका सदस्य संलग्न थिए। चार वर्षअघि जर्मन टोलीमा औसत ४२.२१ खेलको अनुभव भएका खेलाडी थिए। यसबीचमा अनुभवमा क्रमश: विकास हुँदै गएको देखन्छ। सन् २००२ मा ब्राजिलको औसत खेल २८.०४, सन् २००६ मा इटालीको ३२.९१ र सन् २०१० मा स्पेनको ३८.३० रहेको थियो।

 

हामीसँग बाँकी तीन टोलीले आफ्ना खेलाडीहरू घोषणा गर्दा फ्रान्सका खेलाडीको औसत खेल अनुभव घटेर २४.५६ र जर्मनी तथा बेल्जियमका खेलाडीको क्रमश: ४३.२६ र ४५.१३ देखिएको छ।

फ्रान्स बेल्जिम जर्मनी


साबिक विजेता नहुनु

विश्वकप विजेताको उपाधि रक्षा गर्न सहज छैन। ब्राजिलले सन् १९५८ र १९६२ मा लगातार विश्वकप जितेको भए पनि त्यो कीर्तिमान अरूले दोहोर्‍याउने सकेका छैनन्।

 

ब्राजिलको त्यो कीर्तिमानपछि १३ वटा साबिकका विजेतामध्ये सन् १९९० मा आर्जेन्टिना र सन् १९९० मा ब्राजिलबाहेक अरू क्वार्टर फाइलनभन्दा अगाडि जानसकेका छैनन्। सन् १९७४ मा ब्राजिलले चौथो चरण पार गरेको थियो। तर त्यतिखेर दुइटा समूह चरणको खेलेपछि त्यसपछि फाइनल हुन्थ्यो।

 

विश्वकपमा जर्मनीको इतिहास लोभलाग्दो छ। पश्चिम जर्मनीले खेलेका खेलहरू समेत गणना गर्दा पछिल्ला नौ विश्वकपमा उनीहरूले दुई पटक उपाधि जितेका छन्, थप तीन पटक फाइनलमा पुगेका छन् र अरू दुई अवसरमा तेस्रो चरण पार गरेका छन्।

 

तर रसियामा पुन: विजय हासिल गर्न भने इतिहास जर्मनीको अनुकूल छैन।

अब एउटै टोली बाँकी रह्यो।

बेल्जियम

त्यसको अर्थ बेल्जियम विश्वकप विजेता बन्दैछ। अरूले नजिते सम्म। जुन सम्भव छ...बिबिसीबाट । 

विश्वकप

विशेष