खेल

विश्वकप फुटबलः अन्तिम मिनेटमा नाटकीय गोल गर्दै उरुग्वेले इजिप्टलार्इ हरायाे

विश्वकप फुटबलः अन्तिम मिनेटमा नाटकीय गोल गर्दै उरुग्वेले इजिप्टलार्इ हरायाे

मस्को । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत आफ्नो पहिलो खेलमा उरुग्वेले इजिप्टलाई १-० गोलले हराएको छ। उरुग्वे यसअघि दुई पटकको विश्व जितेकाे छ ।

 

 समूह ‘ए’अन्तर्गतको यस खेलको ८९ औँ मिनेटमा उरुग्वेका लागि कार्लोस सान्चेजले हानेको फ्रिकिकमा होजे गिमिनेजले हेडमार्फत सुन्दर गरेका हुन् । उरुग्वेले थुप्रै पटक गोल गर्ने अवसर सिर्जना गरे पनि इजिप्टका रक्षक बाधक बनेका थिए ।

 

इजिप्टले सम्हालिएकाे खेल खेले पनि अन्तिममा गाेल खान पुगेकाे थियाे । बार्सिलाेना स्टार स्वारेजले थुप्रै माैका पाए पनि गाेल गर्न चुकेका थिए । तर एथलेटिकाे मड्रिड स्टार गिमिनेजले गाेल गर्दै उरुग्वेकाे जित सुनिश्चित गरे ।

 

खेलको ७३ औँ मिनेटमा स्टार खेलाडी लुइस स्वारेजले गोल गर्ने सुनौलो अवसर गुमाएका थिए । इजिप्टका स्टार खेलाडी मोहम्मद सलाह भने चोटका कारण आजको खेलमा बेञ्चमै बसेका थिए । 

 

समूह एमा आयोजक राष्ट्र रुस ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने उरुग्वे समान अंकका साथ दोस्रो स्थानमा रहेको छ । रुसले बिहीबारको उद्घाटन खेलमा साउदी अरेबियालाई ५–० को फराकिलो अन्तरले हराएको थियो । समूहका विजेता र उपविजेता टोली अर्को चरणमा पुग्नेछन् । 

विश्वकप फुटबल उरुग्वे इजिप्ट

विशेष