खेल

विश्वकप फुटबलः इरानकाे नाटकीय जित

विश्वकप फुटबलः इरानकाे नाटकीय जित

काठमाडाैं । रसियामा जारी २१ अाैँ संस्करणकाे विश्वकपअन्तर्गत तेस्राे खेलमा समूह बि बाट इरान १–० ले विजयी भएकाे छ । 

 

माेराेक्काे र इरानबीच भएकाे खेलमा माेराेक्काेका खेलाडीले अाफै गाेलगरेपछि खेल इरानकाे हातमा गएकाे हाे ।  

 

खेलकाे अतिरिक्त समयमा बाउहाड्डाउजले फ्रि–किक राेक्न हेड प्रहार गर्दा अाफ्नै गाेलपाेस्टमा गाेल गर्न पुगे । सन् १९९८ पछि इरानले विश्वकपमा पहिलाे जित दर्ता गरेकाे छ ।   

 

यद्यपि माेराेक्काेले इरानलार्इ सुरूवात देखि नै दबावमा राखेकाे थियाे । तर ९५ अाैं मिनेटकाे गाेलले बराबरी खेल इरानकाे जितमा परिणत भयाे । 

 

यसअघिकाे इजिप्ट र उरूग्वेबीचकाे खेलमा पनि अन्तिम समयमा हेडमार्फत गरिएकाे गाेलले उरूग्वे विजयी हुन सफल भयाे । 

 

जितपछि इरान ३ अंकका साथ समूहकाे शीर्ष स्थानमा रहेकाे छ भने माेराेक्काे अन्तिममा परेकाे छ । नेपाली समयअनुसार ११ः४५ मा पाेर्चुगल र स्पेनबीचकाे प्रतिस्पर्धा हुँदैछ । 

माेराेक्काे इरान विश्वकप

विशेष