खेल

विश्वकप फुटबलः स्पेनकाे कमब्याक, डिएगाेकाे उत्कृष्ट गाेल

विश्वकप फुटबलः स्पेनकाे कमब्याक, डिएगाेकाे उत्कृष्ट गाेल

चाैथाे मिनेटमै पेनाल्टी गाेल खाँदै पाेर्चुगलसँग १–० ले पछि परेकाे स्पेनले उत्कृष्ट कमब्याक गर्न सफल भएकाे छ । 

 

पहिलाे हाफकाे २४ अाैँ मिनेटमा डिएगाे काेस्टाले उत्कृष्ट ड्रिब्लिङका साथ गाेल गर्दै स्पेनलार्इ बराबरीमा ल्याएका हुन् । 

 

स्पेन–पोर्चुगलबीचको खेलअघि इजिप्टलार्इ उरुग्वेले तथा मोरोक्कोलार्इ इरानले एक–एक गोलले पराजित गरेको छ । स्पेन र पोर्चुगल एक अर्काको बलियो प्रतिद्वन्दि भए पनि ठूलो प्रतियोगितामा भने दोस्रो पटक मात्र प्रतिस्पर्धा गर्न लागेका हुन् । 

 

यसअघि सन् २०१० को विश्वकपको अन्तिम १६ मा प्रतिस्पर्धा भएको थियो । जसमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गरेको थियो । दुई टिमबीच अहिलेसम्म ३५ पटक प्रतिस्पर्धा भएको छ । जसमध्ये स्पेनले १६ खेलमा जित हात पारेको छ भने पोर्चुगल ६ खेलमा विजयी भएको छ ।

स्पेन विश्वकप पाेर्चुगल

विशेष