खेल

विश्वकप फुटबलः पाेर्चुगल–स्पेनकाे सनसनी पुर्ण खेल, ३–३ काे बराबरी

विश्वकप फुटबलः पाेर्चुगल–स्पेनकाे सनसनी पुर्ण खेल,  ३–३ काे बराबरी

काठमाडौं । समूहकै राेमाञ्चक खेल मानिएकाे स्पेन र पाेर्चुगलबीचकाे खेल ३–३ गाेलकाे बराबरीमा समाप्त भएकाे छ ।

 

खेलको सुरूवातमै स्पेनले पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलार्इ डिबक्स एरियामा लडाएपछि पेनाल्टीबाट अग्रता दिलाएका थिए । खेलको चौथो मिनेटमै पेनाल्टी मार्फत गोल गर्दै पोर्चुगलले १–० को अग्रता लिन सफल भएको हाे ।  

 

चाैथाे मिनेटमै पेनाल्टी गाेल खाँदै पाेर्चुगलसँग १–० ले पछि परेकाे स्पेनले उत्कृष्ट कमब्याक गर्न सफल पनि सफल भयाे । पहिलाे हाफकाे २४ अाैँ मिनेटमा डिएगाे काेस्टाले उत्कृष्ट ड्रिब्लिङका साथ गाेल गर्दै स्पेनलार्इ बराबरीमा ल्याएका थिए । 

 

यद्यपि खेलकाे ४४ अाैँ मिनेटमा राेनाल्डाेले व्यक्तिगत दाेस्राे गाेल गर्दै २–१ काे अग्रता कायम गरेका थिए । खेलकाे ५५ अाैँ मिनेटमा गाेल गर्दै डिएगाे काेस्टाले खेललार्इ बराबरीमा ल्याएका थिए । खेलकाे ५८ अाैँ मिनेटमा फर्नान्डेज नाचाेले गाेल गर्दै स्पेनलार्इ ३–२ काे अग्रता दिलाए । तर, राेनाल्डाेले अाफ्नाे ह्याट्रिक पुरा गर्दै ८८ अाैँ मिनेटमा बराबरी गाेल गरे ।

 

स्पेन–पोर्चुगलबीचको खेलअघि इजिप्टलार्इ उरुग्वेले तथा मोरोक्कोलार्इ इरानले एक–एक गोलले पराजित गरेको छ । स्पेन र पोर्चुगल एक अर्काको बलियो प्रतिद्वन्दि भए पनि ठूलो प्रतियोगितामा भने दोस्रो पटक मात्र प्रतिस्पर्धा गरेका हुन् । 

 

यसअघि सन् २०१० को विश्वकपको अन्तिम १६ मा प्रतिस्पर्धा भएको थियो । जसमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गरेको थियो । दुई टिमबीच अाजकाे खेलसहित अहिलेसम्म ३७ पटक प्रतिस्पर्धा भएको छ । जसमध्ये स्पेनले १८ खेलमा जित हात पारेको छ भने पोर्चुगल ६ खेलमा विजयी भएको छ  र १३ खेल बराबरी भएकाे छ ।

स्पेन पाेर्चुगल विश्वकप

विशेष