देश

सांस्कृतिक सहरको अाधुनिक सपना

सांस्कृतिक सहरको अाधुनिक सपना

काठमाडाैं । ६ किमी हाराहारी क्षेत्रफलमा फैलिएको सिंगो भित्री सहर। सहर छिर्नेवित्तिकै भेटिन्छ, मौलिकता कला संंस्कृति । दुई तलेसम्मका एकैनासे घर। प्रत्येक घरको छानोमा झिंगटी र बाहिरपट्टि कलात्मक काठ र इँटा। चोकचोकमा नेवार समुदायको संस्कृति र रहनसहन झल्कने कलाहरू।

 

निर्माण कार्यले चुस्तता पाए केही वर्षपछि भक्तपुरको मुख्य सहर (भित्री सहर) यस्तै बन्ने छ। नगरपालिकाको १ देखि १० नम्बर वडा सांस्कृतिक सहरभित्र पर्नेछन्। यी वडा छिर्नेवित्तिकै कुनै मौलिक र सांस्कृतिक सहरमा छिरेको महसुस हुनेछ। त्यतिबेला पुरानो सहरको लोभलाग्दो रूप धेरैको लागि उदाहरणीय बन्नेछ। नेपालमा मात्रै नभएर बाहिरी देशहरूमा पनि चर्चा हुनेछ, भक्तपुरको मौलिक सहरबारे।


अहिले सहरको मौलिकता फर्काउन र पुरानै शैलीमा पुनर्निर्माण गर्न नगरपालिका तातेको छ। स्थानीय पनि सरकारी निकायलाई सघाएर अघि बढ्न लागेका छन्। सबैतिर पुराना सहरको मौलिकता खोसिँदै गर्दा भक्तपुरले भने पुराना सहरको आधुनिक सपना बुनेको देख्दा उनीहरू गद्गद् छन्।

 

‘यो क्षेत्रको विशेषता नै बेग्लै छ, कतिपयले पुराना मौलिकता मेटाएर आधुनिक सहर बनाउनुपर्छ भनेर भाजो हाले,’ स्थानीय सुरवीर नकर्मीले भने, ‘भक्तपुर सहर यहाँका स्थानीयको मात्रै होइन, यो नेपालकै धरोहर हो, यसको मौलिकता जोगाउनु सबैको दायित्व हो।’

 

प्रत्येक घरको छानोमा झिंगटी र बाहिरपट्टि कलात्मक काठ र इँटा। चोकचोकमा नेवार समुदायको संस्कृति र रहनसहन झल्कने कलाहरू। निर्माण कार्यले चुस्तता पाए केही वर्षपछि भक्तपुरको मुख्य सहर (भित्री सहर) यस्तै बन्ने छ। नगरपालिकाको १ देखि १० नम्बर वडा सांस्कृतिक सहरभित्र पर्नेछन्।

 

त्यसो त यो योजना नौलो भने होइन, २०५४ सालमै नगर क्षेत्रलाई मौलिक र सांस्कृतिक सहर बनाउने भनेर योजना अघि सारिएको थियो। तर, योजनालाई मूर्त रूप पाएन। जनप्रतिनिधि आएपछि भने यसले मूर्त रूप पाउन लागेको छ । उनीहरूले यसलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन्।

 

अर्का स्थानीय कृष्णराम लाखेमरुले यो सहरको गरिमा जोगाउन स्थानीयले पनि लामो समयदेखि पहल गर्र्दै आएको बताए। ‘सरकारी निकायले ध्यान नदिँदा २० वर्ष अघिदेखि व्यक्तिहरूले मौलिकता मिचेर आफूखुसी घर बनाएका छन्। ती घरले भित्री सहरको मौलिकता खोसेका छन्,’ उनले भने, ‘त्यसैले जस्ताको छानो भएका, सटर भएका र मौलिकता नअपनाएका ती घरहरू भत्काउनुपर्छ।’

 

उनले नगर पुराना कला कौशलको जर्गेना गर्न सरकारी निकाय नै जाग्नुपर्ने बताए। ‘हाम्रो आफ्नो सम्पत्ति भनेकै पुर्खाले सिर्जेका धरोहर हुन्,’ उनले थपे, ‘पाटी, मठ–मन्दिर, पौवा, ढुंगेधारा, सत्तल, पोखरीलाई मास्न हुन्न।’ नागरिक दैनिकबाट ।

 

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति आफ्नो कार्यकालमा यो सपना पूरा हुने बताउँछन्। 

कला संंस्कृति निर्माण कार्य सरकारी निकाय

विशेष