मुख्य समाचार

कृषिमन्त्रीकाे चेतावनीः बिचाैलीया र भ्रष्ट कर्मचारीकाे लिस्ट तयार पार्दैछाैँ !

कृषिमन्त्रीकाे चेतावनीः बिचाैलीया र भ्रष्ट कर्मचारीकाे लिस्ट तयार पार्दैछाैँ !

काठमाडाैं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले वर्षाैँदेखि मालपोत तथा नापी कार्यलयमा बसी बिचौलियाको काम गर्ने र भ्रष्टाचार गर्ने कर्मचारीको गोप्य लिस्ट तयार पारिरहेकाे बताएका छन् ।

 

साथै मालपोत तथा नापी कार्यालयमा बिचौलियाको काम गर्ने कर्मचारीको सूची तयार गर्न लागेको उनले बताएका छन् ।

 

शुक्रबार उनले भने, ‘गलत गर्ने सबैलाई कानुनी कारबाहीको दायरामा ल्याएर मालपोत कार्यालयहरुमा आमूल सुधार गर्न लागेका छौँ’ । आवास योग्य जग्गा खरिद बिक्रीको लागि वैधानिक कम्पनीमार्फत हुने गरि कर प्रणालीमा लिइने छ’, उनले भने, ‘अब कोही पनि सार्वसाधरण ठगिनुपर्ने अवस्था सिर्जना हुने छैन।’

 

यस्तै जग्गा प्लटिङ्गमा बिचौलीया दलाली प्रथा हटाइने उनकाे दावी छ । मन्त्री खनालले भूमिसम्बन्धी नयाँ नीति अउने पनि बताएका छन् । भूमि सबै राज्यको भएकाले नागरिकलाई उपयोगको हिस्सा मात्र बितरण गरिएको भन्दै उनले अब कुनै पनि नागरिक सुकुम्बासी हुनु नपर्ने बताए ।

यस क्रममा उनले जमिनलाई नयाँ तरिकाले वर्गीकरण गरी कार्यान्वयन गर्ने बताएका छन् ।

 

कृषिका लागि टुक्रे जमिन नभएर सिङ्गो चक्लाबन्दी जमिन चाहिने भन्दै उनले कृषियोग्य जमिनमा घर बनाउन नदिने दावी गरेका छन् ।

 

कृषिमन्त्री बिचाैलीया

विशेष