मुख्य समाचार

मेयरले चलाएकाे डाेजरमा बसेर सेल्फी खिच्दा खाेलामा खसेर ५ जना घाइते

मेयरले चलाएकाे डाेजरमा बसेर सेल्फी खिच्दा खाेलामा खसेर ५ जना घाइते

पोखरा । पोखराको फिर्के खोलामा पैदलमार्ग उद्घटन गर्ने क्रममा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले डोजर चलाउँदा पत्रकार सहित पाँच जना घाइते भएका छन्।

 

मेयर जिसीले डोजर चलाएर शुरु गर्ने क्रममा पत्रकारहरू सेल्फी खिच्ने तयारीमा हुँदा नजिकैकाे खाेलामा खसेर घाइते भएका हुन् । मेयरले डाेजर चलाउँदा पत्रकार र अरू केही स्थानीय फोटो खिच्न तयारीमा रहँदा खोलामा खसेर दुर्घटना भएकाे हाे ।

 

मेयर जिसीले डोजर चलाउँदा रेलिङ भत्किन गइ दुई पत्रकारसहित ५ जना घाइते भएका हुन् । उनीहरू सेल्फी खिच्न लाग्दा २० मिटर तल खोलामा रेलिङसहित खसेर घाइते भएका हुन् । पत्रकारहरू रन्जन अधिकारी र सन्देश श्रेष्ठ सामान्य घाईते भएका छन् भने स्थानीय गौरी पौडेल पनि घाईते भएकी छन्। मेयर जिसीले झुकिएर डोजरको लिभर दवाउँदा डोजरको वकेटले रेलिङ भत्केको हाे ।

 

पोखराको फिर्केखोलाको मापदण्ड दायाँ बायाँ ५–५ मिटर कायम गरिएको छ। त्यही मापदण्ड भित्र पोखरा लेखनाथ महानगरपालिकाले फुट ट्रयाक (पैदल मार्ग) निर्माण कार्य शुरु गरेको हाे ।

 

 

 

घाइते मेयर पाेखरा डाेजर

विशेष