मुख्य समाचार Technology

कोमामा गएका सपनालाई जीवित बनाउँछु : प्रधानमन्त्री ओली

कोमामा गएका सपनालाई जीवित बनाउँछु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जगतले मुलुक बनाउने संकल्प नगरेसम्म देशको विकास नहुने भन्दै मुलुकको विकासप्रति प्रतिवद्ध बन्न आग्रह गरेका छन् ।

 

राष्ट्रिय युवा परिषद्ले शुक्रबार राजधानीमा गरेको प्रथम विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले युवा जगतको देश बनाउने संकल्पको खाँचो रहेको बताएका हुन् ।

 

आफ्नो देश आफैँले बनाउनुपर्छ भन्दै उनले भने, 'युवाजगतमा देश बनाउने मै हुँ भन्ने भावना नआएसम्म मुलुकले विकासको गति लिन सक्दैन । हामीले चाहेकाे  सम्वृद्धि हासिल गर्न सकि पनि सक्दैनाैँ।'

 

 आफुले देश बनाउने सपनालाई साकार बनाउन चाहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले भने, ‘कोमामा गएका छन् सपनाहरु ती सपनालाई जीवित बनाउन चाहन्छु । आत्मविश्वास कोमामा गएको छ, त्यो आत्मविश्वास जगाउन चाहन्छु । त्यसैले देश बनाउँछ ।’


हजारौ वर्ष पहिले वेदको रचना गर्ने , कला संस्कृति साहित्यको श्रृजना गर्ने विद्धान पुर्खाका सन्तानहरु अहिले थैला भरी पैसा बोकेर विदेशमा पढ्न जान परिरहेको भन्दै उनले युवाहरुको आत्मविश्वास सहितको प्रतिवद्धता भए शिक्षा स्वास्थ्य लगायत सबै क्षेत्रको विकास गर्न सकिने बताए । 

 

युवाहरुले चालेको विज्ञान र आविष्कारका योजनालाई सरकारले गच्छेअनुसार सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । विज्ञान सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन आइतबारसम्म चल्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली

विशेष