खेल

विश्वकप फुटबलमा पहिलाे पटक भि.ए.अार प्रयाेग, फ्रान्स २–१ ले विजयी

विश्वकप फुटबलमा पहिलाे पटक भि.ए.अार प्रयाेग, फ्रान्स २–१ ले विजयी

काठमाडाैं । फुटबलमा केही समय यता सुरू भएकाे भिडियाे रिभ्यू विश्वकपमा पहिलाे पटक फ्रान्स–अष्ट्रेलियाकाे खेलमा प्रयाेग भएकाे छ । समूह 'सि' काे उक्त खेलमा फ्रान्स २–१ ले विजयी भएकाे छ । 

 

फ्रान्सकाे लागि अान्टाेइन ग्रिजम्यान र पउल पाेग्बाले गाेल गरे भने अष्ट्रेलियाकाे लागि माइल जेडिनाकले एक गाेल गरे । 

 

भि.ए.अार (भिडियाे असिस्टेन्ट रेफ्रि) प्रणाली मार्फत पाएकाे पेनाल्टीमा ग्रिजम्यानले ५८ अाैं मिनेटमा गाेल गर्दै फ्रान्सलार्इ १–० काे अग्रता दिलाएका थिए ।

 

तर फ्रान्सका उमटिटिले डिबक्स एरियामा ह्याण्ड बल गरेपछि अष्ट्रेलियाले ६२ अाैँ मिनेटमा पेनाल्टीकाे अवसर पाए ।  पेनाल्टीकाे सदुपयाेग गर्दै अष्ट्रेलियाका माइल जेडिनाकले गाेल गर्दै खेल १–१ काे बराबरीमा ल्याए । यद्यपि ८० अाैँ मिनेटमा पाेग्बाले गाेल गर्दै फ्रान्सलार्इ २–१ काे जित दिलाए ।

 

जितसँगै फ्रान्स ३ अंकका साथ तालिकाकाे शीर्ष स्थानमा छ भने अष्ट्रेलिया पुछारमा छ । 

 

फ्रान्स–अष्ट्रेलिया अहिलेसम्म ५ पटक प्रतिर्स्प्धा गरेका छन् । जसमध्ये विश्वकप २०१८काे खेल समावेश गरेर ३ खेल फ्रान्सले र १ खेल अष्ट्रेलियाले जितेकाे छ भने १ खेलमा बराबरी खेलेकाे छ । 

 

नेपाली समयअनुसार अाज बेलुकी ६ः४५ मा समूह डि का अर्जेन्टिना र नवप्रवेशी राष्ट्र अार्इसल्याणड प्रतिस्पर्धा गर्दै छ भने समूह सिका पेरू र डेनमार्क ९ः४५ मा भिड्दै छन् । 

विश्वकप फ्रान्स अष्ट्रेलिया

विशेष