खेल

विश्वकप फुटबलः अर्जेन्टिनामाथि अाइसल्याण्डकाे रक्षापंक्ति हाबी, १–१ काे बराबरी

विश्वकप फुटबलः अर्जेन्टिनामाथि अाइसल्याण्डकाे रक्षापंक्ति हाबी, १–१ काे बराबरी

काठमाडाैं । विश्वकप फुटबलकाे तेस्राे दिनकाे दाेस्राे खेलमा समूह 'डि' बाट अर्जेन्टिना र नवप्रवेशी राष्ट्र अाइसल्याण्डबीचकाे खेल १–१ काे बराबरीमा राेकिएकाे  छ ।  

 

पहिलाे हाफकाे १९ अाैँ मिनेटमा सर्जियाे अग्युराेले गाेल गर्दै अर्जेन्टिनालार्इ अग्रता दिलाएका थिए । यद्यपि अाइसल्याण्डका अल्फेर्ड फिनबाेगासनले २३ अाैँ मिनेटमा बराबरी गाेल गरे । 

 

अर्जेन्टिनाले बल अाफ्नाे पक्षमा राखे पनि अाइसल्याण्डकाे डिफेन्सले गाेल गर्ने माैका दिएन । मेस्सीले ६४ अाैँ मिनेटमा पाएकाे पेनाल्टी अाइसल्याण्डका गाेलरक्षक हालडाेर्सनले उत्कृष्ट बचाउ गरे । 

 

पहिलाे पटक विश्वकप खेलिरहेकाे अाइसल्याण्ड अन्य राष्ट्रभन्दा थाेरै जनसंख्या भएकाे राष्ट्र हाे । अर्जेन्टिनामा अनुभवी खेलाडी टिममा रहे पनि आइसल्यान्डकाे अब्बल रक्षापंक्ति भत्काउन भने सकेन । 

 

खेल बराबरीमा सकिएसँगै अर्जेन्टिना र अाइसल्याण्डले एक–एक अंक बाडेका छन् ।  दुई वर्षअघि युरो कपमा डेब्यू गर्दा आइसल्यान्डले क्वार्टरफाइनलको यात्रा तय गर्दै सबैको ध्यान खिचेको थियो । छनोट प्रतियोगितामा पनि उसले क्रोएसिया, युक्रेन र टर्की जस्ता टिमलाई हराएको थियो । 

 

अर्जेन्टिनाले विश्वकप अघि एउटा मात्र वार्मअप खेल खेलेको थियो । आइसल्यान्ड पछिल्ला ४ खेलमा जितबिहीन छ। अर्जेन्टिना–अाइसल्याण्डबीचकाे खेल अघि समूह सि काे फ्रान्स–अष्ट्रेलियाकाे प्रतिस्पर्धा भएकाे थियाे । उक्त खेलमा फ्रान्स २–१ ले विजयी भयाे । 

अर्जेन्टिना विश्वकप फुटबल अाइसल्याण्ड

विशेष