खेल

अाज साँझ पौने ७ बजे जब मेस्सी झुल्किनेछन्

अाज साँझ पौने ७ बजे जब मेस्सी झुल्किनेछन्

काठमाडौं । विश्वकप फुटबलमा आज चार खेल हुनेछन् । आज समूह सी र डी का पहिलो चरणका खेलहरु हुन लागेका हुन् । नेपाली समयअनुसार दिउँसो पौने ४ बजे हुने खेलमा फ्रान्स र अस्ट्रेलिया भिड्नेछन् ।

 

यसैगरी साँझ पौने ७ बजे अर्जेन्टिनाले आईसल्याण्डसँग खेल्नेछ । दुई पटकको विश्वकप विजेता अर्जेन्टिनालाई यसपटक पनि लियोनल मेस्सीको प्रेरणामा उपाधि दावेदारको रुपमा हेरिएको छ ।

 

सानो युरोपली मुलुक आईसल्याण्ड भने पहिलो पटक विश्वकपमा सहभागी भएको हो । आजको तेस्रो खेलमा पेरु र डेनमार्क भिड्नेछन् । यो खेल नेपाली समय अनुसार राती पौने ९ बजे सुरु हुनेछ ।

 

आजै राती पौने १२ बजे हुने खेलमा क्रोएसिया र नाईजेरिया आमनेसामने हुनेछन् । समूह डी मा अर्जेन्टिना, आइसल्याण्ड, क्रोसिया र नाइजेरिया छन् ।

 

यो समुहलाई ‘ग्रुप अफ डेथ’ को रुपमा चित्रण गर्ने गरिएको छ । ग्रुप अफ डेथ भन्नाले यो समूहबाट अघिल्लो चरणमा को जान्छ भनेर सजिलै भन्न सकिदैन ।

 

यो समूहमा रहेको पहिलो टिम हो अर्जेन्टिना । विश्वकप २०१४ को उपबिजेता अर्जेन्टिना हरेक वर्ष जस्तै यो वर्ष  पनि आफू विश्वकपको दाबेदार रहेको बताउँछ । फिफा बरियतामा ५ औं स्थानमा रहेको अर्जेन्टिनाले निकै कठिन परिस्थितिमा गुज्रिएर रसिया विश्वकपको टिकट काटेको टिम हाे ।

 

विश्वकपमा क्याप्टेन लियोनल मेस्सीको भूमिका अर्जेन्टिनाको लागि निकै महत्वोपूर्ण  हुनेछ । पाउलो डिबला, गोन्जालो हुग्वेन र सर्जियो अग्युरोलाई अर्जेन्टिनाको प्रमुख हतियारको रुपमा हेरिएको  छ । पाउलो डिबलाले अाज खेल्न पाउने छैनन् ।

यो समूहमा रहेको अर्को टिम हो क्रोएसिया । फिफा बरियतामा १८ औं स्थानमा रहेको क्रोएसिया पछिल्लो समय निकै राम्रो लयमा देखिएको छ ।

 

मिडफिल्डर तथा कप्तान लुका मड्रिक र इभान राकिटिक क्रोएसियाका महत्वपूर्ण हतियार हुन् । त्यस्तै यो समूहमा रहेको अर्को टिम हो आइसल्याण्ड ।  फिफा  बरियतामा २२ औ स्थानमा रहेको आइसल्याण्ड युरो कपमा इङ्लेन्डलाई पराजित गरे यता निकै चर्चामा आउँदै गरेको छ ।

 

मिडफिल्डर गिलफी सिगडर्सन आइसल्याण्डका लागि प्रमुख हतियार   हुन । त्यस्तै यो समूहमा रहेको अर्को टिम हो नाइजेरिया । फिफा  बरियतामा ४७ औं स्थानमा रहेको नाइजेरिया २०१४ विश्वकपमा पनि अर्जेन्टिना भएको समूहमा रहेको थियो । सिएएफको समूह बी मा रहेको नाइजेरियाले उत्कृष्ट प्रर्दशन गर्दै विश्वकप यात्रा तय गरेका हो । भिक्टर मोसेस  पनि नाइजेरियाका लागि प्रमुख हतियरको रुपमा  रहेका छन् ।

 

यो समूह ‘ग्रुप अफ डेथ’को रुपमा रहेकोले यो समूहबाट अघिल्लो चरणमा को पुग्छ भन्ने अाँकलन गर्न निकै मुस्किल नै देखिन्छ ।

विश्वकप फुटबल

विशेष