स्वास्थ्य

जब स्वास्थ्य मन्त्रालयबाटै ठूलो संख्यामा सुर्तीजन्य पदार्थ बरामत भयाे...

जब स्वास्थ्य मन्त्रालयबाटै ठूलो संख्यामा सुर्तीजन्य पदार्थ बरामत भयाे...

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रहरीले दुई महिनाको अवधिमा ७ सय थान सुर्तीजन्य पदार्थ बरामद भएको छ । मन्त्रालयलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरे पिन कर्मचारीकै उदासीनताका कारण घोषणा कार्यान्वयनमा समस्या भइरहेको छ ।

 

मन्त्रालयले १६ वैशाख ०७४ बाट मन्त्रालय हाताभित्र सुर्तीजन्य पदार्थ निषेध गरेको थियो । त्यसयता मन्त्रालय परिसरमा प्रत्येक दिन दुईजना प्रहरीले खानतलास गर्दै आएका छन् ।

 

मन्त्रालयमा कार्यरत प्रहरी हवल्दार चन्द्र हमालले भने,‘हामीले मन्त्रालयका कर्मचारी तथा मन्त्रालयमा सेवा लिन आउने सर्वसाधारणको शरीर खानतलासी गरी सो परिणामको सुर्तीजन्य पदार्थ बरामद गरेका हौँ ।’ प्रहरीले मन्त्रालय परिसरमा सुर्ती, चुरोट र गुट्खा लैजान रोक लगाएको छ ।


४७० प्याकेट सुर्ती बरामद
बरामद भएका सुर्तीजन्य पदार्थमध्ये सबैभन्दा बढी सुर्ती छ । ४ सय ७० प्याकेट सुर्ती, १ सय ७४ प्याकेट गुट्खा र १ सय ३० वटा चुरोट बरामद भएको सुरक्षा प्रमुख हमालले बताए ।

 

उनका अनुसार सुरुका दिनमा मन्त्रालयकै कर्मचारीहरूबाट पनि प्रशस्त सुर्तीजन्य पदार्थ बरामद भएको थियो । तर, अहिले मन्त्रालय र मातहतका कर्मचारीले बोक्न छोडेका छन् । हमालका अनुसार पछिल्लो समय मन्त्रालयमा सुर्तीजन्य पदार्थ बोकेर आउनेको संख्यामा कमी हुँदै गएको छ ।

 

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन ०६८ र सो ऐनलाई कार्यान्वयन गर्न बनेको निर्देशिकाले सार्वजानिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन तथा बिक्रीवितरणमा रोक लगाइसकेको छ । नयाँ पत्रिकामा खबर छ ।

 

सुर्तीजन्य पदार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

विशेष