समाज

अरुण तेस्रोको बाँधमा पहिरो खस्दा ५ जना बेपत्ता

अरुण तेस्रोको बाँधमा पहिरो खस्दा ५ जना बेपत्ता

खाँदबारी (संखुवासभा) । अरुण तेस्रो परियोजनाको बाँध निर्माण भर्इरहेकाे ठाउँमा पहिरो खस्दा पाँचजना बेपत्ता भएका छन्। जलविद्युत परियोजनाको बाँध निर्माण स्थलमा सुरुङ निर्माणको क्रममा उत्तरतर्फको पहाड खस्दा पुरिएर पाँच जना बेपत्ता भएका हुन्।

 

मकालु गाउपालिका वडा नम्बर ५ को फ्याक्सिन्दा दोभानमा शुक्रबार राति करिब ८:४० बजे पहिरो खसेर ५ जना बेपत्ता भएको संखुवासभा प्रहरीले जानकारी दिएकाे छ । 

 

बेपत्ता हुनेमा कालिकोटका कामदारहरू ३२ वर्षिय प्रदीप शाही, जुम्ला चन्द्र नगरपालीका १ का ४४ वर्षिय प्रेम परियार, भारत झारखण्डका अपरेटर ५५ वर्षिय बुधन मुण्डा र भारत विहारका इलेक्ट्रिसियन ४५ वर्षिय नन्द किशोर रहेका छन्। अर्का एकजनाको नाम खुलेको छैन। 

 

सरुङमा कति कामदार थिए अझै यकिन हुन सकेको छैन। अहिले ४  वटा स्काभेटरले उद्धारकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

पहिरो खस्ने क्रम जारी रहेकोले उद्धरमा समस्या परेको प्रहरीले जनाएको छ। उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी लागिरहेका छन्। 

 

 

पहिरो अरुण तेस्रो परियोजना

विशेष