समाज

बलात्कार आरोपी छाड्न माग गर्दै प्रदर्शन, ११ जना घाइते

बलात्कार आरोपी छाड्न माग गर्दै प्रदर्शन, ११ जना घाइते

दाङ । बलात्कारको आरोपमा पक्राउ परेका एक युवकलाई छुटाउन माग गर्दै दाङको गढवामा स्थानीयले प्रदर्शन गरेका छन् ।

 

इलाका प्रहरी कार्यालयअगाडि भेला भएर स्थानीयले प्रशासनविरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको छ ।

 

झडपमा ३ जना प्रहरी र ८ जना प्रदर्शनकारी घाइते भएका छन् । गढवा ६ का भरतप्रताप यादव र सोही ठाउँकी १४ वर्षीया किशोरीबीच २८ फागुन ०७४ मा प्रेम विवाह भएको दाबी केटापक्षले गरेका छन् । केटापक्षका अनुसार ४ महिना उनीहरुसँगै बसेका थिए ।

 

केटापक्षले किशोरी अस्वीकार गरेपछि किशोरीका अभिभावकले जेठ १६ गते यादवविरुद्ध प्रहरी कार्यालयमा बलात्कारको मुद्दा दर्ता गरेपछि विवाद उत्कर्षमा पुगेको हो । नयाँ पत्रिकामा खबर छ ।

बलात्कार नाराबाजी

विशेष