खेल

जर्मनीविरूद्ध मेक्सिकाेकाे पहिलाे गाेल

जर्मनीविरूद्ध मेक्सिकाेकाे पहिलाे गाेल

विश्वकपकाे समूह एफ काे पहिलाे खेलमा मेक्सिकाेले जर्मनी विरूद्ध १–० काे अग्रता लिन सफल भएकाे छ । 

 

खेलकाे ३५ अाैँ मिनेटमा लाेजानाेले गाेल गर्दै मेक्सिकाेलार्इ सुरूवाति अग्रता दिलाएका हुन् । 

 

विश्वकप छनोटमा उत्कृष्ट खेलेको जर्मनीले सबै १० खेल जित्दा ४३ गोल गरेको थियो । छनोटमा उसले केवल ४ गोलमात्र खायो । तथापि विश्वकप अघिकाे मैत्रिपुर्ण खेलमा जर्मनीले एक खेल मात्र जितेकाे छ भने तीन खेलमा बराबरी र दुर्इ खेलमा पराजित भएकाे छ ।

 

उता सन् २०१५ मा मेक्सिकोको प्रशिक्षकमा नियुक्त भएका जुवान कोर्लोस असोरियोले टिममा व्यापक सुधार गरेका छन् । यद्यपी मेक्सिको कन्फेडेरेसन कपमा भने सेमिफाइनलमा पराजित हुन पुगेको थियो । तर विश्वकप छनोटमा मेक्सिकोको प्रदर्शन भने उच्च रह्यो। उसले १६ मध्ये १ खेलमा मात्र हार बेहोर्दै रसियाको टिकट पक्का गरेको थियो ।

 

जर्मनीका लागि मेक्सिको समूह चरणको सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो । पछिल्लो पटक जर्मनी विरुद्धको खेल मेक्सिकोले ४–१ ले गुमाएको थियो ।

 

जर्मनी विरुद्ध अहिलेसम्मकाे ११ अन्तराष्ट्रिय खेलमा मेक्सिकाेले सन् १९८५ मा भएकाे खेलमा मात्र विजयी भएकाे छ भने ४ खेल बराबरी र ६ खेलमा हार व्यहाेरेकाे छ । 

जर्मनी मेक्सिकाे

विशेष