देश

डा. उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल

डा. उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल

काठमाडौं । पित्तथैलीको क्यान्सरबाट पीडित वरिष्ठ न्युरोसर्जन डा.उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल भएको छ । क्यान्सरकै कारण उनको मिर्गौला फेल भएको चिकित्सकले बताएका छन् । पित्तथैलीको क्यान्सरका कारण शरीरमा फैलिएको टक्सिनले मिर्गौला फेल गराएको उनीहरूको भनाइ छ । 

 

देवकोटाको उपचार भइरहेको बाँसबारी न्युरो अस्पतालका जनसम्पर्क अधिकृत काशीराज घिमिरेले उनको दुई साताअघि दुवै मिर्गौला फेल भएको जानकारी दिए । ‘क्यान्सरका कारण उहाँमा युरिनको मात्रा न्यून भएको पाइयो । यही कारण उहाँको मिर्गौला फेल भएको छ,’ घिमिरेले भने ।

 

मिर्गौला फेल भएको पुष्टि भएसँगै देवकोटाको न्युरो अस्पतालको आइसियुमै नियमित डायलाइसिस गरिएको छ । मिर्गौला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्लेका अनुसार दुई हप्ताको बीचमा सातपटक डायलाइसिस गरिएको छ ।

 

उनको उपचारमा डा. काफ्ले, डा.दिव्यासिंह शाहलगायतको टोली खटिएको छ । ‘देवकोटाको मिर्गौला फेल भएको दुई साता भएको छ । अहिले उहाँलाई नियमित रूपमा डायलाइसिस सेवा दिइरहेका छौँ,’ डा। काफ्लेले भने ।

 

क्यान्सरले गलेका देवकोटाको मिर्गौलासमेत फेल भएपछि स्वास्थ्य थप जटिल बनेको चिकित्सक बताउँछन्  । नयाँ पत्रिका दैनिकदबाट ।

मिर्गौला डा.उपेन्द्र देवकोटा

विशेष