खेल

साविक विजेता जर्मनी मेक्सिकोसँग स्तब्ध

साविक विजेता जर्मनी मेक्सिकोसँग स्तब्ध

विश्वकपको समूह 'एफ्' को पहिलो खेलमा मेक्सिकोले जर्मनी विरूद्ध १–० को जित निकाल्न सफल भएको छ । 

 

खेलको ३५ औँ मिनेटमा लोजानोले गरेकाे गोल नै मेक्सिकोलार्इ जित दिलाए । सन् १९९० काे खेलपछि जर्मनीले पहिलाे पटक अाफ्नाे पहिलाे खेलमा पराजित भएकाे हाे । त्यस्तै मेक्सिकाेका ३९ वर्षीय खेलाडी राफेल मार्क्युज पाँच पटक वर्ल्डकप खेल्ने तेस्राे खेलाडी बनेका छन् । 

 

जितसँगै मेक्सिकाे समूहकाे शीर्ष स्थानमा छ भने जर्मनी पुछारमा झरेकाे छ । विश्वकप विजेता मध्ये पहिलाे खेलमा हार्ने जर्मनी चाैथाे राष्ट्र बनेकाे छ । यसअघि सन् १९९० मा अर्जेन्टिना, २००२ मा फ्रान्स र २०१४ मा स्पेन पहिलाे खेलमा पराजित भएकाे थियाे । 

 

विश्वकप छनोटमा उत्कृष्ट खेलेको जर्मनीले सबै १० खेल जित्दा ४३ गोल गरेको थियो । छनोटमा उसले केवल ४ गोलमात्र खायो । तथापि विश्वकप अघिको मैत्रिपुर्ण खेलमा जर्मनीले एक खेल मात्र जितेको छ भने तीन खेलमा बराबरी र दुर्इ खेलमा पराजित भएको छ । 

 

जर्मनीले एक वर्षअघि रसियामै भएको फिफा कन्फेडेरेसन कप पनि जितेको थियो ।  त्यसलै प्रशिक्षक लोसँगको सम्झौता २०२० सम्मको लागि बढाइएको थियो ।

 

उता सन् २०१५ मा मेक्सिकोको प्रशिक्षकमा नियुक्त भएका जुवान कोर्लोस असोरियोले टिममा व्यापक सुधार गरेका छन् । यद्यपी मेक्सिको कन्फेडेरेसन कपमा भने सेमिफाइनलमा पराजित हुन पुगेको थियो । तर विश्वकप छनोटमा मेक्सिकोको प्रदर्शन भने उच्च रह्यो। उसले १६ मध्ये १ खेलमा मात्र हार बेहोर्दै रसियाको टिकट पक्का गरेको थियो ।

 

जर्मनीका लागि मेक्सिको समूह चरणको सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो ।प्रशिक्षक लोका लागि पहिलो रोजार्इको टिममा राख्ने खेलाडीबारे निर्णय गर्नु कठिन हुनेछ । मेसुट ओजिल, जुलियन ड्राक्सलर र मार्को रेउस मध्ये २ जना मात्र पहिलो रोजाइमा पर्नेछन् ।

 

पछिल्लो पटक जर्मनी विरुद्धको खेल मेक्सिकोले ४–१ ले गुमाएको थियो ।

 

जर्मनी विरुद्ध अहिलेसम्मको १२ अन्तराष्ट्रिय खेलमा मेक्सिकोले सन् १९८५ मा र २०१८ मा भएको खेलमा विजयी भएको छ भने ४ खेल बराबरी र ६ खेलमा हार व्यहोरेको छ । 

जर्मनी मेक्सिकाे

विशेष