खेल

विश्वकप फुटबलः ब्राजिललार्इ बराबरीमा राेक्न स्विट्जरल्यान्ड सफल

विश्वकप फुटबलः ब्राजिललार्इ बराबरीमा राेक्न स्विट्जरल्यान्ड सफल

समूह 'र्इ' को दोस्रो खेलमा ब्राजिल- स्विट्जरल्यान्डकाे खेल १–१ को बराबरीमा समाप्त भएको छ । 

 

खेलको २० औँ मिनेटमा फिलिप कोन्टिनोले गोल गर्दै ब्राजिललार्इ सुरूवाति अग्रता दिलाएका थिए । यता स्विट्जरल्यान्डका स्टेभन जुभरले ५० औँ मिनेटमा हेडर गोल गर्दै आफ्नो टोलीलार्इ बराबरीमा ल्याउन सफल भए । 

 

सन् २०१४ मा घरेलु भूमिमा आयोजना भएको विश्वकपको सेमिफाइनलको खेल ब्राजिलका लागि पिडादायी रह्यो । तर, जर्मनीसँग फराकिलो अन्तरले पराजित भएको ब्राजिल रसियामा राम्रो सुरुवात गर्न चाहान्छ ।

 

प्रशिक्षकमा टिटे नियुक्त भएपछि ब्राजिलियन टिम सन्तुलित र आत्मविश्वासी बनेको छ। ब्राजिल प्रतियोगिताको दाबेदार टिम हो । यता पहिलो खेलमा स्विट्जरल्यान्डको इतिहास राम्रो छ । उसले सन् २०१० को विश्वकप जितेको स्पेनलाई त्यही विश्वकपको पहिलो खेलमा हराएको थियो ।

 

ब्राजिलियन टिममा गत संस्करणको विश्वकप खेलेका ६ खेलाडी मात्र छन् । बाँकी १७ खेलाडी पहिलो पटक विश्वकप खेल्दैछन् ।

 

यता प्लेअफ खेलेर रसियाको टिकट पक्का गरेको स्विट्जरल्यान्डको विश्वकपमा राम्रो इतिहास छ । ठूला टिमलाई पराजित गर्ने खुबी भएको स्विस टिममा प्रतिभावान खेलाडीको जमघट छ । 

 

ब्राजिल र स्विट्जरल्यान्डबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरेको ब्राजिलियन टिम विश्लेषकले बताउँछन् । नेइमार, ग्राबियल जेसस, फिलिप काउटिन्हो र विलियमजस्ता अनुभवी तथा प्रतिभावान खेलाडी टिममा हुँदा जितका लागि चाहिने शक्ति ब्राजिलमा छ ।

 

स्विट्जरल्यान्डले पछिल्ला २ वार्मअप म्याचमा राम्रो खेल पस्केको थियो । स्पेनसँग १–१ गोलको बराबरी खेलेको स्विटजरल्यान्डले जापानलाई २–० गोलले पराजित गरेको थियो ।

 

ब्राजिल र स्विट्जरल्यान्डबीच विश्वकपमा अहिलेसम्म भएका दुवै खेल ब्राजिलले जितेको छ । ब्राजिलले विश्वकपको सुरुवाती २० खेलमध्ये १६ खेलमा जित हात पारेको छ ।

 

पहिलो र दोस्रो विश्वकपको पहिलो खेलमा पराजित भएको ब्राजिलले ८४ वर्ष यता कहिल्यै पनि सुरुवाती खेल हारेको छैन । 

ब्राजिल स्विट्जरल्यान्ड

विशेष