अपराध सुरक्षा देश

सवा करोड ठगेर पेटी ठेकेदार बेपत्ता

सवा करोड ठगेर पेटी ठेकेदार बेपत्ता

पर्वत । गुणस्तरहीन काम गर्दा पनि प्राविधिक कार्यालयबाट भुक्तानी दिइएको निर्माण कम्पनीका पेटी ठेकेदारले स्थानीय व्यवसायी र सर्वसाधारणलाई सवा करोड रुपैयाँ ठगेको खुलासा भएको छ । 

 

मुडिकुवा झकलाल सडकको ठेकेदारले कुस्मा, फलेवासलगायतका स्थानीयलाई एक करोड २६ लाख २ हजार ९ सय ८७ रुपैयाँ तिर्न बाँकी रहेको फेला परेको हो । 

 

आगामी असार २० मा सम्झौता मिति सकिने उक्त सडकमा अहिलेसम्म ६० प्रतिशत काम मात्र पूरा भएको छ । कालोपत्रे गर्न लाग्एिको सडक ओएसिस इन्जिनियरिङ एण्ड बिल्डर्स कम्पनीका सञ्चालक अच्युतराज पाण्डेले ठेक्का लिएका थिए । 

 

उनले रसुवास्थित डाँडागाउँका मंगले तामाङलाई पेटी ठेक्का दिएका थिए । आजको कान्तिपुरमा खबर छ ।

ठेकेदार प्राविधिक कार्यालय

विशेष