खेल

रुसलाई विश्वकप फाइदा कि घाटा ?

रुसलाई विश्वकप फाइदा कि घाटा ?

मस्को । अहिलेकाे परिपेक्ष्यमा खेल मनाेरञ्जन लागि मात्र नभएर यसकाे प्रयाेग अर्थतन्त्रसँग पनि हुन थालेकाे छ । तसर्थ अहिलेका धेरै जसाे मुलुक फिफा विश्व कपको आयोजनाका लागि इच्छा व्यक्त गर्छन् ।


विश्वकप फुटबलले खेलाडी, आयोजक तथा आयोजक देशको अर्थव्यवस्थालाई पनि फाइदा गर्छ । यस पटकको विश्वकपको आयोजना गर्ने मुलुकको रुपमा रुस रहेको छ । यो मुलुकले खेललाई हतियार बनाएर आफ्नो मुलुकमा लगानी पनि बढाउने उद्देश्य राखेको छ । आयोजकले फुटबल महाकुम्भको समयमा रुसमा विश्वभरीबाट करिब ६ लाख मानिस आउने अपेक्षा रुसले गरेको छ ।


रुसले विश्वकपको आयोजनाका लागि ११ सय करोड डलर खर्च गरेको छ र ३ हजार करोड डलरको आम्दानी गर्ने लक्ष्य रुसले गरेको छ । म्याकेन्जी कन्सलटेन्सीको एक प्रतिवेदन अनुसार विश्वकपको आयोजनाले रुसको कुल गाहर्स्थ्य उत्पादन अर्थात् जीडीपीमा १५ सय करोड डलरको फाइदा हुनेछ ।

विश्वकप फुटबल रुस

विशेष