खेल

मेस्सीले किन ‘मिस’ गर्छन् पटक पटक पेनाल्टीको मौका ?

मेस्सीले किन ‘मिस’ गर्छन् पटक पटक पेनाल्टीको मौका ?

एजेन्सी । विश्व फुटबल इतिहासमै अर्जेन्टिनाका प्रभावशाली फुटबलर लियोनल मेस्सी सर्बाधिक प्रशंसक हुने खेलाडीमध्ये अग्र पंक्तिमै आउँछन् । पछिल्ला केही अनुसन्धानले समेत मेस्सी सर्वाधिक लोकप्रिय खेलाडीको दर्जामा छन् ।

 

पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डोसँग उनको तुलना गरिए पनि रोनाल्डो मेस्सीभन्दा पछि नै छन् । विश्वविख्यात ‘कमेन्टेटर’हरुले समेत मेस्सीलाई ‘गोल मेसिन’को उपमा दिइसकेका छन् ।

 

यीनै ‘गोल मेसिन’ले पछिल्लो शनिबार आइसल्याण्डविरुद्धको खेलमा महत्वपूर्ण पेनाल्टीको अवसर गुमाएपछि भने विश्वभर रहेका उनका प्रशंसक दुखी र आक्रोशित बने ।

 

र यो पहिलो पटक पनि होइन । यसअघि पटक पटक पेनाल्टीको अवसर गुमाएका मेस्सीलाई पेनाल्टी किन ‘फाप्दैन’ ? भनेर समेत सोध्न थालिएको छ । जब कि, एक दिनअघि मात्रै रोनाल्डोले ह्याट्रिक गरिसकेका थिए । प्रतिष्पर्धीको रुपमा हेरिने रोनाल्डोले भने हरेक पेनाल्टी पक्का गर्छन् मेस्सीले किन गुमाउँछन् ? यसबारे विश्वभर चासो बढेको छ ।
 

खासगरी गत शनिबार आइसल्याण्डसँगको खेलमा पाएको पेनाल्टीको मौका गुमाएपछि मेस्सीले चौतर्फी आलोचना ब्यहोर्नुपरेको छ । उनका आफ्नै प्रशंसकले चर्को आलोचना गर्न थाले ।

 

फुटबलमा ‘स्योर सट गोल’को रुपमा बुझिने पेनाल्टीमा समेत मेस्सीले गोल गर्न नसकेपछि उनको आलोचना भएको हो । 


त्यसो त मेस्सीले आइसल्याण्डसँग पेनाल्टी गुमाएको यो ११ औँ पटक हो । यसअघि समेत उनले विभिन्न खेलमा महत्वपूर्ण र सहज पेनाल्टी समेत गुमाइसकेका छन् ।

 

अघिल्लो वर्षमात्रै जर्मनीसँगको फाइनल खेलमा पनि मेस्सीले पेनाल्टी गुमाएका थिए । जर्मनीसँग उनको उक्त कमजोरीबाट पाठ सिकेको अर्जेन्टिनी टोलीले गत शनिबार भएको आइसल्याण्डसँगको खेलमा समेत मेस्सीलाई नै पेनाल्टीको मौका दियो ।

 

फलस्वरुपः मेस्सीले यो मौका पनि चुकाए । यदी उनले आइसल्याण्डलाई पेनाल्टी गर्न सकेको भए अर्जेन्टिना आइसल्याण्ड जस्तो कमजोर टोलीसँग बराबरीमा अल्झिनुपर्ने थिएन ।


यही कारण पनि उनको थप आलोचना भएको छ । खेल विश्लेषकहरु मेस्सी हरेक पटक पेनाल्टीको बेला हतासमा हुने तर्क गर्छन् । खेल जारी रहँदा उनी जस्तो मूडमा खे्लिरहेका हुन्छन् र उनको ध्यान गोल गर्नमै केन्द्रित हुन्छ तर पेनाल्टीको अवधिमा भने उनको ध्यान भंग हुने उनीहरुको टिप्पणी छ ।

 

धेरैको हुटिङ, चासो र सन्नाटाको बीच मेस्सी आफूलाई एकाग्र गर्न नसक्ने भन्दै खेल विश्लेषकहरु नै उनको टिप्पणी गर्छन् । यतिसम्म कि, अन्र्तमुखी स्वभावकै कारण मेस्सी पेनाल्टीको बेला अत्तालिने गरेको पनि टिप्पणी हुने गरेको छ ।

 

मेस्सीले विभिन्न खेलमा ११ पटकसम्म अन्तर्राष्ट्रिय स्तरका महत्वपूर्ण खेलमा पेनाल्टी मौका गुमाएका छन् । क्लब गेम देखि विश्वकप फुटबलमा समेत उनले गुमाएका पेनाल्टीको सूची यहाँ उतारिएको छ ।


मेस्सीले अहिलेसम्म यी देश तथा क्लबको विरुद्धका खेलमा पेनाल्टी मौका गुमाएः

 

ब्राजिल 

चेल्सी

चिली

ब्राजिल

आइसल्याण्ड

म्यान सिटी

एथ्लेटिको बिल्बाओ

जर्मनी

एट्लेटिको म्याड्रिड

लेबान्ते

रियल बेटिस 
 

 

खेल फुटबल मेस्सी पेनाल्टी

विशेष