बीमाले यसरी बनाउँछ सुरक्षित भविष्य
विज्ञहरु भन्छन्ः नेपालीलाई बीमा बुझाउनु पर्छ
काठमाडौ । नेपालमा बीमा क्षेत्रको लामो इतिहास छ । यहाँ बीमा व्यवसाय सुरु भएको ६५ बर्षभन्दा बढि भइसकेको छ । तर, एक दशकयता मात्र बल्ल व्यवसायले केही गति लिएको देखिन्छ । यो १० बर्षमा समेत जीवन बीमा गर्नेको संख्या भने एकदमै न्युन छ । जुन निराशाजनक भएको विज्ञहरु बताउँछन् ।
दक्षिणी छिमेकी मुलुक भारतमा सँगै नेपालमा पनि सुरु भएको बीमा गर्ने प्रचलन नेपालमा बीमा गतिमा हुनु प्रगति नभएको ठानिन्छ । भारतीयहरुले बीमालाई प्राथमिकतामा राखेका छन्, नेपालमा भने जम्मा ५/७ प्रतिशत बिमितमा सीमित छ । बाँकी ९५ प्रतिशत जनसंख्यामा त बीमाको पहुँचमै छैनन् ।
नेपालमा बीमा व्यवसाय फस्टाउन नसक्नुको प्रमुख कारण बीमा सम्बन्धी आवश्यक जानकारीको अभाव नै भएको नेपाल बीमा सर्वेयर संघका अध्यक्ष सुर्यप्रसाद जोशी बताउँछन् ।
के हो बीमा ?
नेपाल बीमा सर्वेयर संघका अध्यक्ष सुर्यप्रसाद जोशीका अनुसार बीमा के हो रु, यसबाट के फाइदा हुन्छ रु भन्ने जस्ता आधारभुत कुरा नै सर्वसाधारणलाई प्रभावकारी ढंगबाट बुझाउन अझै सकिएको छैन ।
सामान्यतः आफ्नो र परिवारको भविष्य सुरक्षित गर्ने माध्यमका रुपमा बीमालाई लिइन्छ । कुनै पनि व्यक्तिले आफ्नो जीवनको योजना बनाउँदा परिवारको भविष्यका बारेमा पनि सोच्नुपर्छ ।
आर्थिक नोक्सान हुँदा क्षतिपूर्ति ग्यारेन्टी गर्न बीमा गर्ने गरिएको छ । बीमा गर्दा बिमित (बीमा गर्ने व्यक्ति) र बिमक (बीमा गरिदिने पक्ष) बीच आपसी सम्झौता हुन्छ । सोही सम्झौताका आधारमा बीमा कम्पनीले नोक्सानीको क्षतिपूर्ति दिने गर्छ ।
यसले भविष्यमा हुनसक्ने जोखिमको न्यूनीकरण गर्न तथा त्यस्तो जोखिम अरूलाई हस्तान्तरण गर्न सहयोग गर्ने जोशीको भनाइ छ । धेरै उपयोगी भएर पनि बीमा गर्ने बानी धेरैमा नभएको उनको बुझाइ छ । ‘अझै पनि असंख्य नेपाली बीमाको पहुँचमा पुग्न सकेका छैनन्,’ जोशीले भने ।
बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँका अनुसार सुरुमा भारतीय बीमा कम्पनीहरुले खुला रुपमा कार्यालय खोली बीमा अभिकर्ता मार्फत नेपालमा बीमा व्यवसाय चलाइयो । स्वदेशी बीमा कम्पनिको स्थापना हुनुभन्दा अघि ६ वटा भारतीय बीमा कम्पनीले नेपालमा काम गरिसकेका थिए । बैंकिङ कारोबारको बृद्धिसँगै नेपालमा बीमाको महत्व र आवश्यकता बढेको बताइन्छ ।
नेपाल बैंक लिमिटेडले २००४ असोज ८ गते बीमा कारोबार सम्हाल्न आफ्नो सहायक कम्पनीको रुपमा नेपाल बीमा र माल चलानी कम्पनी स्थापना गरेको चापागाईँ बताउँछन् । यसलाई नै नेपालको पहिलो बीमा कम्पनीको मान्यता दिइयो ।
बीमाको महत्व र आवस्यकता बीमा गर्दा कुनै पनि व्यक्तिले दोश्रो पक्षलाई जोखिम हस्तान्तरण गर्ने हो । यसैले पनि बीमा गर्दा बिमितलाई कहिलै पनि घाटा हुँदैन । बीमा गर्दा भविस्यको सुरक्षा हुने हुँदा यसले उज्वल भविस्यका लागि सहायता गर्ने चापागाईँ बताउँछन् ।
आयकर ऐनअनुसार बीमा गरेमा २० हजार रुपैयाँसम्मको आयमा करछूट हुने व्यवस्था छ । करमा छूट पाइने हुँदा बीमा गर्दा बीमितले त्यसबाट पनि लाभ लिन सक्छन् । बीमा गर्दा २ वर्षको बीमाशुल्क भुक्तानी गरिसकेपछि सो बीमालेखमा सो अवधिसम्मको समर्पण मूल्यको बढीमा ९० प्रतिशतसम्म बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिने संघका अध्यक्ष जोशीले जनाकारी दिए ।
बीमाको महत्व र आवश्यकता
बीमा गर्दा कुनै पनि व्यक्तिले दोश्रो पक्षलाई जोखिम हस्तान्तरण गर्ने हो । त्यसैले बीमा गर्दा बिमित ९बीमा गर्ने व्यक्ति० लाई कहिलै पनि घाटा हुँदैन । बीमा गर्ने कम्पनिले पनि पुर्नबीमा गर्ने भएका कारण उक्त कम्पनीमा क्षति हुँदा वा उक्त कम्पनि डुवेको अवस्थामा पनि बीमा गर्ने व्यक्तिलाई हानी हुँदैन । पुर्नबीमा भनेको उक्त बीमामा कम्पनीको पनि बीमा गरिएको हुने जोशीले जानकारी दिए ।
पछिल्लो समय नेपालमा बीमा व्यवसायको संख्या केही बढे पनि बजार प्रतिस्पर्धा स्वच्छ नभएको पाइन्छ । बीमा कम्पनीहरुमा दक्ष जनशक्तिको अभावले गर्दा तालिम केन्द्र र बीमा सम्बन्धी पढाई हुन नसकेको जोशीले बताए । उनका अनुसार बीमा कम्पनी स्थापना भए पनि यसमा लक्ष्य अनुसारको सुधार आउन सकेको छैन ।
बीमा कम्पनीलाई सहरमुखी नभई गाउँमुखी बनाउनुपर्ने आवस्यकता देखिए पनि सरकार र कम्पनीहरुले अझै आफ्नो सेवा सुविधा गाउँमा लैजान चासो नदेखाएको चापागाईँले बताए । बीमामा पछिल्लो समय सचेतनाको अभाव नै सबै भन्दा ठूलो समस्या र चुनौती हो ।
सचेतना अभिवृद्धि गर आम नेपालीलाई बीमाको पहुँचमा पु¥याउन सरकारले अहिलेसम्म कदम नचालेको कारण अधिक नेपाली बीमाको पहुँचभन्दा बाहिर छन् । बीमा गर्दा भविस्यको सुरक्षा हुने हुँदा यसले उज्वल भविश्यका लागि सहायता गर्ने उनी बताउँछन् ।
बिमितको परिवारले बीमा कम्पनीबाट प्राप्त गरेको रकमबाट आफ्नो जीविका चलाउन सक्छ । आयकर ऐनअनुसार बीमा गरेमा २० हजार रुपैयाँसम्मको आयमा करछूट हुने व्यवस्था छ । करमा छूट पाइने हुँदा बीमा गर्दा बिमितले त्यसबाट पनि लाभ लिन सक्छन् ।
बिमा दाबी भुक्तानी गर्ने प्रक्रिया
बिमितले बीमा अवधि समाप्त भएपछि बिमित जीवित छ भने उसैलाई र बिमितको मृत्यु भइसकेको छ भने उसका नजिकका हकवालालाई बिमक कम्पनीले दाबी भुक्तान गुर्नपर्छ । यदी बिमित जीवित छ भने उसैले बिमक कम्पनी गएर भुक्तान रकम लिन सक्छन् ।
कुनै बीमा लेखको अवधि सुरु हुनुअघि सो बीमा लेख लिने व्यक्तिको मृत्यु भए बीमा लेखमा इच्छाइएको व्यक्तिले भुक्तान पाउनेछ । बीमा लेख म्याचुअर्ड हुनुअघि इच्छाइएको व्यक्तिको मृत्यु भए वा इच्छाइएको व्यक्ति बदल्न चाहे बीमा लेख लिने व्यक्तिले सम्बन्धित कम्पनीमा गएर अर्को इच्छाउन चाहेको व्यक्तिको नाम लेखी पठाउनु पर्नेछ । आजीवन बीमा भुक्तान लिन भने बिमितको मृत्यु हुनै पर्छ ।
चालू आर्थिक वर्ष ०७४÷७५ को दोस्रो त्रैमासिक अवधिसम्ममा कम्पनीहरूले भुक्तानी गर्न बाँकी रहेको रकम ११ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । यो रकम कुल दाबीको करिब ७३ प्रतिशत भएको बीमा समितिले जनाएको छ । कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार चालू आवको पुस मसान्तसम्ममा कम्पनीहरूमा ओरियन्टल, नेसनल र राष्ट्रिय बीमा कम्पनीबाहेक करिब १६ अर्ब २१ करोड रुपैयाँ दाबी परेको समितिले जानकारी दिएको छ ।
जसमध्ये कम्पनीहरूले हालसम्म जम्मा ४ अर्ब ३९ करोड रुपैयाँ मात्रै भुक्तानी गरेका छन् । यो रकम दाबी रकमको २७ प्रतिशत मात्र हो । भाविष्यमा आइपर्ने जोखिमको पूर्वानुमान गरी दायित्व हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो । बीमा बिमित र बिमकबीचको करार हो । जसमा बिमितले निश्चित रकम भुक्तान गरेर बिमकलाई दायित्व हस्तान्तरण गरेको हुन्छ । बिमकले बिमितको सम्पत्ति हानिनोक्सानी भएमा क्षतिपूर्ति भुक्तानी गर्ने सम्झौता गरेको हुन्छ । सम्झौतामा यस्ता प्रतिबद्धता गरे पनि भुक्तानी प्रक्रियामा भने बिमकहरू उदासीन देखिएका छन् ।
यस्तो छ व्यवस्था
बीमा विनियमावली ०४९ को दफा ३२ अनुसार कुनै दुर्घटना भएको जानकारी पाउनेबित्तिकै बिमकले सर्वेयर खटाउन सक्नेछ । सर्वेयले आवस्यक जाँचबुझ गरी १५ दिनभित्र बिमकको दायित्वको निर्धारण गरी त्यसको विस्तृत विवरण समेतको प्रतिवेदन बिमकसमक्ष पेस गर्नुपर्ने नियम हुन्छ ।
सर्वेयरले बिमकसमक्ष प्रतिवेदन पेस गरेको साधारणतया ३५ दिनभित्र बिमकले दायित्व ठहर गरी बिमितलाई निर्जीवन बीमाको दाबी भुक्तानी गर्नुपर्छ । कम्पनीहरूले समयमै यस्तो दाबी रकम भुक्तान गर्न नसकेमा थप १५ प्रतिशत भुक्तानी गर्नुपर्ने बीमा विज्ञहरु बताउँछन् ।
बीमा गर्ने प्रक्रिया
कुनै पनि व्यक्तिले बीमा गर्नुपूर्व बीमाका बारेमा पूर्ण रुपमा जानकारी लिनुपर्ने संघका अध्यक्ष जोशीले सुझाव दिएका छन् । उनले व्यक्तिले आफ्नो नीजि सम्पति होस् वा जीवन बीमा र अन्य साधनहरुको बीमा गराउँदा पहिलो चरणमा यसका बारेमा जानकारी लिन जरुरी हुन्छ ।
सरकारले कतिपय वस्तु अर्थात कृषिमा विमान गराउदा २५ प्रतिशत छुटेको व्यवस्था समेत गरेकोछ । तर, किसानहरु यस बिषयमा अनविज्ञ छन् । सरकार कृषकलाई बीमाका वारेमा सचेतना जगाउन नसकेको कारण समस्या भएको उनले बताए । बीमा कम्पनीहरुको मात्रै नभई सरकारले पनि गाउँमुखी कार्यक्रम गरी आम नेपालीमा सचेतना वृद्धिको अभियानमा चासो देखाएको छैन् ।
दाबी सर्वे गर्नुअघि तथा सर्वेयरहरुको प्रतिवेदनअनुसार पछि कुल दाबीमा कट्टा हुने गरी अन्तिम भुक्तानी दिने रकमको हद तय गरी दाबी प्रक्रिया सरल गरेर भुक्तानी दिन पनि समितिले निर्देशन दिएको छ ।
सरकारले भुइँचालोपछि रातो र हरियो स्टिकर टाँस्दाका बखत ध्यान नपुग्दा पनि समस्या भएको जोशी बताउँछन् । अपार्टमेन्टको बीमा गर्दा एक भाग एक कम्पनी र अर्को भाग अर्को कम्पनीसँग गर्ने गरेकाले पनि त्यसमा समस्या आएको हो ।
उनीहरूले बीमा गर्दा सही गरेको कागज बीमालेखले नसमेटेको भन्दै कम्पनीले यी बिमितलाई भुक्तानी दिन नसकिने बताएका छन् । बीमा कम्पनीभन्दा पनि बिमितका कारणले बिमालेखले नसमेट्ने दाबी संख्या धेरै आएको बीमा समितिले बताएको छ ।
बीमा क्षेत्रका मुख्य समस्या
बीमा व्यवसायका मुख्य समस्याहरूमा जनचेतनाको कमी हो । यसमा बीमा कम्पनीहरू समेत जिम्मेवार देखिएका छैनन् । त्यस्तै अर्को हाम्रो भौगोलिक विकटताले बीमा व्यवसाय फस्टाउन नसकेको संघका अध्यक्ष जोशीको बुझाई छ । हामी दूरदराजका आमजनतालाई बिमासम्बन्धी सेवा दिन सकिरहेका छैनौं उनले भने ‘सहरमुखी कार्यक्रमले मात्रै पुग्दैन ।’
यस्तै बीमा क्षेत्रको अर्को मुख्य समस्या भनेको यस क्षेत्रमा दक्ष र अनुभवी जनशक्तिको अभाव हो । जसका कारण बीमा व्यवसायलाई प्रभावकारी ढंगबाट अघि बढाउन नसकिरहेको अवस्था पनि उस्तै छ र बीमा क्षेत्रमा कार्यरत जनशक्तिका लागि तालिमको पनि उस्तै अभाव छ । तालिम अभावका कारण यस क्षेत्रका जनशक्ति दक्ष हुन सकेका छैनन् ।
भौतिक सम्पत्ति, उत्पादनमूलक बाली तथा व्यवसायमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै बीमा क्षेत्र विस्तार गर्नुपर्ने देखिएको छ । बीमा अवधिभित्रमा बिमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले बिमांक रकम र बोनस प्राप्त गरे पनि बीमा अवधिभित्रमा बिमितको मृत्यु नभएमा रकम फिर्ता हुँदैन ।
भुक्तानीमा ढिलाइ किन ?
अहिलेसम्म सर्वेयरहरुले कुल दाबीको जम्मा १० दशमलव २५ प्रतिशतको मात्रै सर्वे प्रतिवेदन बुझाएका छन् । सर्वेयरहरुले समयमै प्रतिवेदन बुझाउन नसक्दा कम्पनीले भुक्तानी दिन ढिला गरेको बीमा कम्पनीले बताएका छन् । सर्वेयरको संख्या सीमित हुनु र एउटै सर्वेयरमाथि सबै बीमा कम्पनीहरू भरपर्नु परेकाले पनि भुक्तानीमा ढिलाइ भएको अध्यक्ष जोशीको भनाइ छ ।
अधिकांश बीमा कम्पनीहरू भाडाको घरमा रहेको र भूकम्पले उनीहरू बसेको घरमा पनि क्षति पुग्न गएकोले समयमा कार्यालय सञ्चालन गर्न नसक्दा भुक्तानीमा ढिला भएको बीमा सम्बद्धहरु बताउँछन् ।
सरकारी नीति ?
सरकारी नीति भनेको आवस्यकताअनुसार हुने हो । बीमा समिति नेपालको बीमा क्षेत्रको नियमनकारी आधिकारिक निकाय हो, जो नेपाल सरकार, अर्थ मन्त्रालयको एउटा लाइन संगठन हो ।
बीमा ऐन, २०४९ अनुसार नेपालभित्र बीमा व्यवसायलाई व्यवस्थित, विकसित, नियमित र नियन्त्रित गर्न बीमा समितिको स्थापना भएको हो । नेपालभित्रका बीमा तथा सोसम्बन्धी गतिविधिलाई यस समितिले नियमनकारी संस्थाको हैसियतले निगरानी राख्छ । यस संस्थाको मूल उद्देश्य विकसित, स्वस्थ र पेसागत बीमा बजारको विकास गर्नु हो ।
२०४९ मा बीमा ऐन २०२५ लाई प्रतिस्थापन गर्दै नयाँ बीमा ऐन २०४९ जारी भएको हो । ऐनको प्रस्तावनामा नै स्पष्ट रूपमा बीमा व्यवसायलाई व्यवस्थित, विकसित, नियमित र नियन्त्रित गर्न बीमा समितिको स्थापना गरिने भनिएको छ । प्रस्तावनामा उल्लिखित लक्ष्य प्राप्त गर्न एक स्वायत्त संस्थाका रूपमा बीमा ऐन २०४९ अनुसार समितिको स्थापना भएको हो । उसले आफ्नो लक्ष्यअनुसार काम गरिरहेको बीमा विज्ञहरु बताउँछन् ।
सुरक्षित बीमाले बनाउँछ