खेल मुख्य समाचार

स्वीडेनसँग दक्षिण कोरिया १–० ले हार्‍याे

स्वीडेनसँग दक्षिण कोरिया १–० ले हार्‍याे

मस्काे । विश्वकप फुटबलको समूह (एफ)मा रहेकाे स्वीडेनले चरणको आफ्नो पहिलो खेलमा दक्षिण कोरियालार्इ पराजितगरेकाे छ । स्वीडेनले खेलको ६५ औं मिनेटमा पेनाल्टिमार्फत गोल गर्दै दक्षिण कोरियालाई १–० ले पराजित गरेको हो ।

 

स्वीडेनलाई महत्वपूर्ण तीन अंक दिलाउने क्रममा ६५ औं मिनेटमा आन्द्रेस ग्रानभिस्टले गोल गरे । कोरियाका खेलाडीले डिबक्समा लडाएपछि स्वीडेनले ऐतिहासिक जित निकाल्ने मौका पाएको हो ।

 

यसअघि मैत्रीपूर्ण २ खेल बराबरी भएपनि विश्वकपमा यी दुई देश पहिलो पटक भिडेका हुन् । स्वीडेन १२ वर्षपछि विश्वकपमा छनोट भएको हो । उसले अन्तिम पटक सन् २००६ मा विश्वकप खेलेको थियो। करिब डेढ दशक स्वीडेनको फुटबलका आकर्षण बनेका स्ट्राइकर ज्लाटन इब्राहिमोभिचको अभावमा पनि टोलीले जीत दर्ता गरेको हो ।

 
इब्राहिमोभिचले सन् २०१६ मा सन्याश लिएका थिए। त्यसअघि उनले राष्ट्रिय टोलीका लागि एक सय १६ खेल खेल्दै ६२ गोल गरेका थिए।
सन् १९५८ को विश्वकपमा फाइनल पुगेको स्वीडेन त्यसपछि सन् १९९४ को विश्वकपमा मात्र सेमिफाइनलसम्म पुगेको थियो । त्यसयता विश्व फुटबलमा उसको उपस्थिती बलियो रहन सकेको छैन ।

 

यता दक्षिण कोरियाले लगातार नवौं पटक विश्वकप खेलेको हो । सन् २००२ मा घरेलु मैदानमा आयोजित विश्वकपमा सेमिफाइनलसम्म पुगेर सनसनी मच्चाएको दक्षिण कोरियाले त्यसयता यो प्रतियोगितामा प्रभावशाली देखिन सकेको छैन ।

 

दक्षिण कोरियाले पछिल्ला ८ वटा विश्वकप सहभागितामा केवल दुई पटक मात्र समूहगत चरण पार गर्न सकेको छ । उसले सन् २०१० को विश्वकपमा प्रिक्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो ।

विशेष