मुख्य समाचार समाज प्रदेश ३

प्रहरीमा ५० डीएसपीको सरुवा 

प्रहरीमा ५० डीएसपीको सरुवा 

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५० जना डीएसपीको सरुवा गरेको छ । प्रहरी नायव उपरिक्षक (डीएसपी) इन्चार्ज हुने जिल्लामध्ये आकर्षक मानिने रसुवाको प्रमुखमा सन्तोष तामाङलाई पठाईएको छ । 

 

प्रहरी प्रधान कार्यालय केन्द्रिय समाचार कक्षमा कार्यरत तामाङले यसअघि महानगरीय प्रहरी वृत बालाजुको कमाण्ड सम्हालिसकेका छन् । महानगरीय प्रहरी वृत महाराजगञ्जको इन्चार्जमा डीएसपी भेषराज रिजालको सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत रिजाल ब्यवसायिक अफिसर मानिन्छन् । 

 

महानगरीय प्रहरी वृत सिंहदरबारको प्रमुखमा काजिकुमार आचार्य, महानगरीय प्रहरी वृत नयाँबानेश्वरमा गोविन्दराज काफ्ले, महानगरीय प्रहरी वृत बालाजुमा चिरञ्जिवी कोईराला र ईलाका प्रहरी कार्यालय वुटवलको इन्चार्जमा डील बहादुर मल्लको सरुवा भएको छ । 

 

प्रहरी नायव उपरिक्षक दयानिधी ज्ञवालीलाई ईलाका प्रहरी कार्यालय टाँडी चितवनको इन्चार्जको रुपमा सरुवा गरिएको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीको प्रमुखको जिम्मा नकुल पोखरेलले पाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ  । 

सरुवा प्रहरीमा

विशेष