खेल मुख्य समाचार

२०१४ को विश्वकपका गोल्डेन बुट विजेता रोड्रिग्वेजले जापानविरुद्धकाे खेलमा किन बसे बेञ्चमै?

२०१४ को विश्वकपका गोल्डेन बुट विजेता रोड्रिग्वेजले जापानविरुद्धकाे खेलमा किन बसे बेञ्चमै?

 मस्काे । सन् २०१४ को विश्वकपमा गोल्डेन बुट जितेका कोलम्बियाली फुटबलर जेम्स रोड्रिग्वेजले विश्वकप २०१८ काे पहिलो खेल बेञ्चमै बसेर चित्त बुझाएका छन् । 

 

रोड्रिग्वेजले पिँडुलाको चोटका कारण जापानविरुद्धको खेलमा बेञ्चमै बसेर हेरि रहेका छन् । रोड्रिग्वेज सन् २०१४ को विश्वकपमा गोल्डेन बुट जित्दा जम्मा २२ वर्षका थिए । त्यसबेला उनले  ५ खेलमा ६ गोल गरेका थिए ।

 

रियल मड्रिडमा स्थान बनाउन नसकेपछि लोनमा बायर्न म्युनिख गएका रोड्रिग्वेजले गत सिजन क्लबमा ७ गोल गर्दै ११ एसिस्ट गरेका थिए । विश्वकप छनोट प्रतियोगितामा ६ गोल र चार असिस्ट गरेका रोड्रिग्वेजले कोलम्बियाका लागि ६३ खेलमा २१ गोल गरिसकेका छन् ।

 पाैने पाँच बजे सुरू भएकाे जापान र काेलम्बियाकाे खेल अहिले चलिरहेकाे छ ।

जेम्स रोड्रिग्वेज गोल्डेन बुट विजेता

विशेष