खेल मुख्य समाचार

याे सिजनकाे पहिलाे रेड कार्ड कोलम्बियाका खेलाडी सान्चेजलाई

रोड्रिग्वेजकाे अभाव महशुस गरिरहेकाे कोलम्बिया १० खेलाडीमा सिमित

याे सिजनकाे पहिलाे रेड कार्ड कोलम्बियाका खेलाडी सान्चेजलाई

मस्काे । कोलम्बियाका खेलाडी कालोर्स सान्चेज विश्वकप २०१८ मा रेड कार्ड पाउने पहिलो खेलाडी भएका छन् । जापानी खेलाडी सिन्जी कागावाले प्रहार गरेकाे गाेललाई हातले रोकेपछि सान्चेज रेड कार्ड खाँदै मैदानबाट बाहिरिएका हुन् ।

 

खेलको तेस्रो मिनेटमै कोलम्बियाका खेलाडीले हातले बल रोकेपछि जापानले पेनाल्टी पाएकाे हाे । जापानी खेलाडी कागावाले पेनाल्टीमाफर्त गोल गर्दै सुरुमै जापानलाई १–० को अग्रता दिलाए । उनी म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडीसमेत हुन् । 


स्टार खेलाडी जेम्स रोड्रिग्वेज चोटिल भएपछि दबाबमा रहेको कोलम्बिया १० खेलाडीमा सिमित हुदा  दबाबमा झन् थपिएकाे छ ।

रेड कार्ड विश्वकप फुटबल कालोर्स सान्चेज

विशेष