देश

एआईजीको बढुवा किन रोकियो ?

एआईजीको बढुवा किन रोकियो ?

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीमा वरिष्ठ डीआईजीहरुलाई अवकास दिने मनसायले अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवा रोकेको छ ।

 

एक महिनाको अवधिमा प्रहरी जवानदेखि डीआईजीसम्म रिक्त सबै पदमा बढुवा भएपनि सेवा प्रवेश र वरियताका आधारमा अगाडी रहेका ६ जना डीआईजीलाई अवकास दिएर मात्रै एआईजी बढुवा प्रक्रिया अघि बढाउने गृह मन्त्रालयको नियत देखिएको हो ।

 

बढुवाका लागि पुष्कर कार्की, उत्तम कार्की, पवनप्रसाद खरेल, छविलाल जोशी, ज्ञानविक्रक शाह, शरद चन्द, ठुले राई, धिरु बस्नयात, मनोज न्यौपाने, सुरेशविक्रम शाहलगायत डीआईजी प्रतिस्पर्धामा छन् । कारोवार दैनिकमा खबर छ ।

एआईजी नेपाल प्रहरी बढुवा

विशेष