महानगरपालिकाका मेयरसहित जनप्रतिनिधिलार्इ स्थानीयले दिए घाँस उपहार !
काठमाडाैं । काठमाडौं महानगरका स्थानीय बासिन्दा तथा सम्पदाप्रेमीले काठमाडौं महानगरपालिकाका मेयरसहित जनप्रतिनिधिलार्इ ‘घाँस’ उपहार दिएका छन् ।
रानीपोखरीको पुननिर्माणलाई बेवास्ता गरी झाडीकाे चौर बनाएकाे भन्दै मंगलबार बिहान उनीहरूले महानगरपालिकालार्इ रानीपोखरीकै घाँस उपहार दिएका हु्न् ।
मेयर विद्यासुन्दर शाक्यकाे अनुपस्थितिमा महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले ज्ञापनपत्र बुझ्दै सम्पदा निर्माणकाे काम सुचारू गर्न लगाउने अाश्वासन दिइन् ।
‘घाँस’ बुझाउँदै सम्पदाविद्, स्थानीय र सम्पदाप्रेमीको टोलीले रानीपोखरीलाई विज्ञ समूहको सिफरिस अनुरुप मल्लकालीन शैलीमा नै निर्माण गर्न माग पनि गरेका छन् । साथै उनीहरूले बिहान रानीपाेखरीमा सरसफाइ समेत गरेका थिए ।
रानीपाेखरी निर्माणकाे क्रममा ब्यापक विरोध भएपछि त्यसलाई हटाउने निर्णय भएपछि कंक्रिट वाल हाल्ने र हटाउने गर्दा आफूलाई आर्थिक हानी भएको भन्दै ठेकेदार कम्पनी अदालत पुगेको छ । यता स्थानीयबासी भने सम्पदा बिगारेकाे भन्दै महानगरपालिकासँग रूष्ट बन्दैअाएका छन् ।
काठमाडाैं महानगरपालिका घाँस उपहार रानीपाेखरी