समाज

एसईईको नतिजालाई अझै ५/७ दिन पर्खनु पर्ने : राष्ट्रिय परीक्षा बोर्ड

एसईईको नतिजालाई अझै ५/७ दिन पर्खनु पर्ने : राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गर्न अझै पाँच-सात दिन लाग्ने जनाएको छ । 



यसअघि बुधबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी तयारी अगाडि बढाएको बोर्डले जानकारी दिएको थियो । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले नतिजा सार्वजनिकका लागि उत्तरपुस्तिका ‘इन्ट्री र रुजु’ गर्ने काम भइरहेकाले त्यो काम सकेपछि मात्रै नतिजा सार्वनिक हुने बताए । 


‘सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइरहेको छ । यो सकेपछि बोर्ड बैठक बसेर नतिाजा सार्वजनिक गरिन्छ’ नियन्त्रक रेग्मीले रातोपाटीलाई बताए ।



उनले नतिजा सार्वजनिक भइसकेको भन्ने विभिन्न सञ्चारमाध्यममा आएका हल्लाका पछि नलाग्न सचेत समेत गराए । परीक्षा नियन्त्रक रेग्मीले समयमै नतिजा सार्वजनिक गर्न बोर्डले काम गरिरहेपनि केही प्राविधिक समस्याका कारण केहीदिन ढिला हुन गएको बताए । 



यसवर्षको परीक्षामा साधारण धारतर्फ चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारतर्फ ८ हजार ७०८ जना परीक्षार्थी सहभागि थिए । नतिजा ग्रेडिङ पद्धतिमार्फत हुनेछ । 
 

एसईई परीक्षा नतिजा

विशेष