मनोरञ्जन

अशोक दर्जीलाई फिल्मको अफर

अशोक दर्जीलाई फिल्मको अफर

काठमाडौ । भाइरल व्वाई अशोक दर्जीले गाएको पहिलो गीत मन बिनाको धन ले युट्युबमा करोड बढी भ्यूअर्स पाइसकेको छ । यो गीतको लोकप्रियतासँगै दर्जी एक चर्चित सेलिव्रेटी बनेका छन् । अहिले जो कोही उनको हरेक एक खबरमा चासो राख्ने गर्दछन् । 

 
हालैमात्र मलेसियाको सांगीतिक कार्यक्रम सकेर नेपाल फर्किएका अशोक दर्जीलाई धेरै गीतबाट गाउनका लागि अफर आइसकेका छन् । तर, उनी अब अध्ययनमा फोकस हुन चाहन्छन् । अशोकलाई अहिले संगीतकार तथा गायक टंक बुढाथोकीले ‘गाइड’ गरिरहेका छन् । 
 
 
उनलाई नेपाली फिल्मबाट समेत अभिनयका लागि अफर पुगिसकेको छ । केही निर्देशकले संगीतकार बुढाथोकीको अफिसमा पुगेर अशोकलाई लिएर फिल्म बनाउन चाहेको इच्छा व्यक्त गरेका छन् । 


 
३,४ जना निर्देशक अशोककै कथामा फिल्म बनाउने भन्दै आएका थिए ।  तर अहिले उसको फिल्म गर्ने बेला भएको छैन, टंकले भने । अहिले अशोकको गायकीको असंख्य प्रशंसक छन् । उनी जहाँ जान्छन् त्यहाँ अचेल फ्यानको भीड लाग्न थालेको छ । 


 
उनको यो लोकप्रियतालाई क्यास गर्न निर्मातारनिर्देशकहरुले खोज्नु नौलो होइन । तर, अहिले उनले आफूले आफैंलाई चिनेका छैनन् । यो अवस्थामा उनको सामुन्ने ठूलाठूला सपनाको महल ठड्याउनु अशोकको भविष्यका लागि घातक नहोला भन्न सकिन्न । 

अशोक दर्जी फिल्म

विशेष