विश्वकप फुटबलमा अाज हुने तीन खेलहरू

रूस । फ्रान्समा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा बिहीबार (आज) ३ खेलहरू हुँदैछन्। समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह सी मा रहेका डेनमार्क र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ।
खेल समारा एरिना रंगशालामा नेपाली समयअनुसार साँझ ५:४५ बाट सुरु हुनेछ। आफ्नो पहिलो खेलमा अष्ट्रेलिया फ्रान्ससँग २–१ ले पराजित भएको थियो भने डेनमार्कले पेरुलाई १–० ले हराएको थियो।
आजै हुने दोस्रो खेलमा बेलुका ८:४५ बजे समुह सी कै फ्रान्स र पेरू भिड्नेछन्। सो खेल इकाटेरिनबर्ग एरिना रंगशालामा हुनेछ। अघिल्लो चरणको यात्रा तय गर्न पेरूलाई यो खेल जित्नैपर्ने दबाब छ।
त्यस्तै निज्नी नोभगोरोड रंगशालामा हुने आजको अन्तिम खेलमा राती ११:४५ मा अर्जेन्टिना र क्रोएसिया आमने सामने हुनेछन्।
पहिलो खेलमा अर्जेन्टिना आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो भने क्रोएसियाले नाइजेरीयालाई २–० ले स्तब्ध बनाएको थियो। यो खेलमा विश्वकप फुटबल २०१४ को उपविजेता टोली अर्जेन्टिनालाई जित्नैपर्ने दबाब छ।
विश्वकप फुटबल अष्ट्रेलिया फ्रान्स