पहिलो हाफ अस्ट्रेलिया र डेनमार्क १-१ गाेलकाे बराबरीमा

मस्को । विश्वकप फुटबल २०१८ अन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेल अस्ट्रेलिया र डेनमार्कबीच चलिरहेकाे छ । पहिलो हाफको समाप्तीमा खेल १-१ गोलको बराबरीमा छ ।
क्रिस्टियन एरिक्सनले सातौं मिनेटमा गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए। निकोलाई जर्गेन्सनको क्रसमा एरिक्सनले गोल गरेका थिए। तर अस्ट्रेलियाले पेनाल्टी पाएपछि खेलमा फर्कियो।
डेनमार्कका खेलाडीले डिबक्सभित्र ह्यान्ड गरेपछि अस्ट्रेलियाले ३८ औं मिनेटमा पेनाल्टी पाएको थियो। कप्तान माइल जेडानिकले पेनाल्टी सदुपयोग गरे।
समूह ‘सी’ अन्तर्गत पहिलो खेलमा अस्ट्रेलियाले फ्रान्ससँग २-१ गोलले हार ब्यहोरेको थियो भने डेनमार्कले पेरुलाई १-० गोलले पराजित गरेको थियो। डेनमार्कविरुद्ध पराजित भए अस्ट्रेलियाको अघिल्लो चरणको सम्भावना लगभग सकिने छ।